दक्षिण एसियाका ३ घटना । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र श्रीलंकाका राष्ट्रपपत राजापाक्ष पछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना चुनाव जितेर सत्तामा भए पनि देश छोडेर भाग्नुप¥यो । अहंकारले मदमत्त शासकलाई निशस्त्र जनताले सडकबाटै खोस्न सक्छ्न् भन्ने उदाहरण हुन् यी । देश र जनताभन्दा भ्रष्टाचार र कुशासन अँगालेपछि देश छाडेर भाग्नुपर्छ, ज्यान जोगाएर लुक्नुपर्छ, मुटु कमाएर पछुताउनु पर्छ भन्ने यी दृष्टान्त नेपाली नेताले बुझ्न जरूरी छ ।