Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

अमेरिकी उपविदेशमन्त्री बर्मा नेपाल भ्रमणमा

३२ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

अमेरिकी उपविदेशमन्त्री बर्मा नेपाल भ्रमणमा

अमेरिकी उपविदेशमन्त्री रिचर्ड बर्माको टोलि नेपाल भ्रमणमा आएका छन् । उपविदेशमन्त्री बर्माको टोलि वासिँगटनबाट नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका हुन् ।

अमेरिकाका  व्यवस्थापन तथा स्रोत सम्बन्धी उपविदेशमन्त्री बर्माको टोली बिहान ९ नेपाल आइपुगेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । उनलाई अमेरकी राजदूत डिन थम्पनले स्वागत गरेका थिए ।

आज बिहान काठमाडौँ आईपुगेका अमेरिकी प्रतिनिधिमण्डलको टोलिले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली,अन्य दलका नेता तथा मन्त्रीहरु,उच्च सरकारी अधिकारी, व्यवसायीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उपविदेशमन्त्री बर्माको टोलिले आज नेपाल र भोलिदेखि आगामी बिहीबारसम्म भारत भ्रमण गर्ने तयारी रहेको र आजै साँझ ५ बजे भिस्तारा एअरको उडान नम्बर युके १५६ मा टोलि भारतको नयाँ दिल्ली जाने बताईएको छ ।