Advertisement Banner
Advertisement Banner

०६ शनिबार, असार २०८३1st June 2026, 10:58:34 pm

पर्यटकका लागि उत्तर कोरिया खुला

३२ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

पर्यटकका लागि उत्तर कोरिया खुला

कोरोनामुक्त भएपछि अर्थात् ४ वर्षपछि उत्तर कोरियाले पर्यटकका लागि आफ्नो सिमाना खुला गरेको छ । बिस्तारै सीमा खुला गर्दै गएको उत्तर कोरियाले अब पुरै सीमा खुला गर्नेछ । यद्यपि उत्तर कोरियाको कडा नियममा रहेर पर्यटकले अनुमति पाउनसक्ने चिनियाँ टुर अपरेटरले बताएका छन् ।
कोरोनाले उत्तर कोरियामा के कति क्षति ग¥यो, स्पष्ट छैन । यद्यपि कडा सुरक्षाघेरामा उत्तर कोरियाले कोरोनासँग लडेको समाचार आएका थिए । बीबीसीका अनुसार दुई चिनियाँ टुर अपरेटरले चाँडै पर्यटकलाई उत्तर कोरियाको पहाडी सहर सामजियोन भ्रमण गर्न अनुमति दिन सकिने बताएका छन्।
पहाडी मुलुक भएकाले बाढी पहिरोको ठूलो क्षति बर्षेनी बेहोर्न बाध्य उत्तर कोरियाले यसवर्ष पनि खाद्य र मानवीय समस्या झेल्नुपरेको थियो ।
राष्ट्रसंघको कडा प्रतिवन्धका कारण उत्तर कोरिया समस्यामा छ यद्यपि उसले आफ्नो उर्जा प्रवन्धका लागि आणविक शस्त्र उत्पादनमा कमी ल्याएको छैन । यसाकरण पनि बाँकी विश्व उत्तर कोरियासँग सधैं सशंकित रहने गरेका छन् ।