Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आईपुगे

२७ आइतबार , श्रावण २०८१एक महिना अगाडि

भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आईपुगे

भारतीय विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आईपुगेका छन् । विदेश सचिव मिश्री भारतीय वायुसेनाको विमान मार्फत आज काठमाडौँ आईपुगेका हुन् ।

विदेश सचिवमा नियुक्त भएपछि छिमेकी मुलुकहरुको भ्रमणमा निस्कने परम्पराअनुसार भारतीय विदेश सचिव मिश्री परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा नेपाल आएका हुन् । नेपाल भ्रमणका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने र पारस्परिक हितका विषयमा दुई पक्षबीच कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेश सचिव मिश्रीले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । नेपालको दुई दिने औपचारिक भ्रमण सकेर विदेश सचिव मिश्री सोमबार स्वदेश फर्कने बताइएको छ ।