Advertisement Banner
Advertisement Banner

३० बिहिबार, माघ २०८२10th February 2026, 12:33:31 am

परराष्ट्रमन्त्री डा.राणासँग बेलायतका राजदूतको शिष्टाचार भेट

२५ शुक्रबार , श्रावण २०८१२ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा.राणासँग बेलायतका राजदूतको शिष्टाचार भेट

नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । बेलायती राजदूत फेनले परराष्ट्र मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

परराष्ट्रमन्त्री डा. राणा र राजदूत रोबर्ट फेनको शिष्टाचार भेटमा नेपाल बेलायत सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा नेपाल बेलायतका आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी हुनुका साथै सन् १८१६ देखि सुरु भएको नेपाल र बेलायतबीचको औपचारिक सम्बन्ध सौहार्दपूर्ण रहीआएको र अझ बलियो हुने बिस्वास रहेको बताईएको छ ।