Advertisement Banner
Advertisement Banner

१० सोमबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बिमिस्टेक कि सार्क ?

२३ बुधबार , श्रावण २०८१४ महिना अगाडि

बिमिस्टेक कि सार्क ?

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमणका रूपमा बिमिस्टेकको बैठकमा भाग लिन आगामी सेप्टेम्बरको पहिलो हप्ता थाइलेण्ड जाने निर्णय गरेपछि सार्क के हुन्छ ? सार्कको अध्यक्ष राष्ट्र नेपालको नीति के हो भन्ने प्रश्न उठेको छ । यसैवीच बिमिस्टेक भारतको चाहनामा थाइलेण्डमा हुनलागेकाले ओलीको यो भ्रमण भारतमै हुनलागेको अर्थ पनि लगाइएको छ । (यद्यपि प्रधानमन्त्री ओलीले चुच्चे नक्सा, लिपुलेक, कालापानी, लिम्पिया धुराको कुरा उठान गरेपछि भारतले सञ्चारमाध्यमले ओलीले चीनको बलमा भारतसँग फेरि निहुँ खोज्न थालेको बढाइचढाइ समाचार छापेका छन् ।)
सार्कको अन्तिम सम्मेलन सन २०१४ मा नेपालमा भएको थियो, २०१६ मा पाकिस्तानमा हुनुपर्ने सम्मेलन भारत पाकिस्तानवीचको द्वन्द्वका कारण अझै सम्भव भएको छैन । सार्क सम्मेलनका लागि नेपालले प्रभावकारी भूमिका खेल्न सकेको छैन, जबसम्म भारतले मान्दैन, सार्क हुन नसक्ने भएकाले सार्कलाई भारतले हत्या गरेको आरोप लागेको छ ।
सार्क सचिवालय नेपालमा छ, सार्क अध्यक्ष नेपाल रहेको छ, तर सार्कलाई समाप्त पार्न भारतले खोलेको बिमिस्टेकको बैठकमा नेपाल निरन्तर सहभागी भइरहेको छ ।
सार्कमा अफगानिस्तानसहित ८ राष्ट्र सदस्य छन्, बिमिस्टेकमा बंगलादेश, भुटान, भारत, नेपाल, श्रीलंका, म्यानमार र थाइलेण्ड सदस्य छन् । यो संस्था सन २०१४ मा स्थापना गरिएको हो । छैठौं बिमिस्टेक (द्यबथ या द्यभलनब िक्ष्लष्तष्बतष्खभ ायच ःगतिष्(क्भअतयचब ित्भअजलष्अब िबलम भ्अयलयmष्अ ऋययउभचबतष्यल) सम्मेलन थाइलेण्डमा हुनलागेको हो ।
बिमस्टेकमा नेपालले महत्वपूर्ण भूमिका खेलेको छ, यसअघि २०१८ मा प्रम कै हैसियतमा ओलीले अध्यक्षता गर्नुभएको थियो । कनेक्टीभिटी, उर्जा, गरिवी निवारण, जलवायु परिवर्तन लगायत विषयमा बिमस्टेकको उद्देश्य प्रशंसायोग्य रहेको छ । यसमा नेपालको नीतिको प्राथमिकता नै हो ।
तर सार्क मर्नु हुन्न भन्ने अडानमा नेपाल स्पष्ट छैन, यद्यपि नेपाल सन २०१४ देखि अध्यक्ष भएर रहेको छ । प्रम ओलीले सार्क सम्मेलन सम्भव बनाउन प्रभावकारी भूमिका खेल्न जरूरी देखिन्छ । निस्कृय रहेको सार्क सकृय बनाउने विषयमा रोकिएको छलफल अघि बढाउनुपर्छ । बिमिस्टेक सकृय होस्, सार्क पनि सक्रिय बनाउन गम्भीर हुनुपर्छ ।
थाइलेण्डबाटै सार्क सदस्यहरूवीच छलफल अघि बढाएर नेपालले सार्कलाई प्रभावकारी बनाउन भूमिका खेल्नसक्छ, त्यसो गरिएन भने मरेतुल्य सार्क साँच्चै मर्नेछ ।