Advertisement Banner
Advertisement Banner

०१ मंगलबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

हरायो हिन्दुधर्मको कमिटमेन्ट ?

१८ शुक्रबार , श्रावण २०८१एक महिना अगाडि

हरायो हिन्दुधर्मको कमिटमेन्ट ?

भारतीय नेता नेपाल आएर अथवा अन्य तरिकाले नेपालमा सनातन धर्मको पक्षमा जुन कमिटमेन्ट गरेका थिए, हरायो हिन्दुधर्मप्रतिको कमिटमेन्ट ?
नेपाल धर्मनिरपेक्ष हुँदा चीन डिक्टेट गर्ने भूमिकासम्म पुगेको, सत्ता परिवर्तन गर्न सक्ने भएको बुझाइपछि नेपालमा सनातन धर्म जरूरी रहेको तिनको विश्लेषण थियो । मोदीले बहुमत जित्ने भारतलाई हिन्दुराष्ट्र घोषणा गराउने प्रचार पनि गरेका थिए, उल्टै रामजन्मभूमि अयोध्यामै भाजपाले चुनाव हा¥यो, बहुमत पाएन ।
२०७२ सालमा संविधान घोषणा हुँदा युरोपियन युनियनको इसाई दबाब र भारतको धर्मनिरपेक्ष लेख्ने दबाब थियो, त्यस्तै भयो । यद्यपि भारतले केही दिन संविधान घोषणा गर्न रोक्न गरेको आग्रहलाई नेपालले मानेन, यसको प्रतिवादमा नेपालले भारतको नाकाबन्दी सहनुप¥यो । यो मधेसीले गराएको दावी भनियो ।
यतिबेला संविधान संशोधन गर्ने भनेर कांग्रेस एमालेको सरकार बनेको छ । यी दुई दलले चाहदैमा संविधान संशोधन हुनसक्ने स्थिति छैन । केही दल तथा नेताहरू संविधानलाई अघि वा पछाडि बढ्न, सर्न नदिने पक्षमा छन् । संविधान आफैमा दिनहुँ प्रभावहीन हुँदै गएकोमा कसैलाई शंका छैन । भारतका नेपाल विज्ञ मानिएका एसडी मुनी, बलभीर अरोरा, डा. रिता मानचन्दा, डा. अश नाराइन, डा. तनवीर अइजाज लगायतले नेपाल चीनतिर ढल्कदै गएको आरोप लगाएका छन् ।
प्रचण्डको सरकार फालिनुमा भारतको चाख रहेको अर्थ निकाल्नेहरू धेरै छन् । चीन बीआरआईमा हस्ताक्षर गरेर किन कार्यान्वयन नगरेको भन्दै दबाबी रूपमा अग्रसर भएको छ । चीन सक्रिय छ, बीआरआईमा बखेडा झिकियो भने यो सरकार पनि ढल्न सक्छ । नेपाल अस्थिर छ, विश्वशक्तिको खेल मैदान बनिसकेको नेपालमा स्थिरता र समृद्धि यी नेताको ल्याकतले नदिने अर्थ निकालिदैछ ।