Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

उत्तर दक्षिणका विदेश मन्त्रीबीच भेट

११ शुक्रबार , श्रावण २०८१३ महिना अगाडि

उत्तर दक्षिणका विदेश मन्त्रीबीच भेट

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार लाओसको राजधानी भियन्टाइनमा भेटवार्ता भएको हो । बढ्दो तनावलाई कम गर्ने र दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउनेमा दुवै विदेशमन्त्री सहमत भएको भारतले प्रचार गरेको छ । यद्यपि कतिपय पेचिला मामिलाका विषयमा पनि छलफल भएको बताइन्छ ।
यो भेट लाओसमा आयोजित दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा भएको हो । दुबैै विदेशमन्त्रीले अलग्गै भेटवार्ता गरेका थिए । स्मरणीय छ यस आसियानको मन्त्रीस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पनि उपस्थिति रहेको छ ।
खबरअनुसार अमेरिकी विदेशमन्त्रीले लाओसपछि भियतनाम, सिंगापुर, फिलिपिन्स र मंगोलियाको पनि भ्रमण गर्नेछन् ।