Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

इजरायलमा २ हजार जना श्रमिक पठाउने सहमति

०८ मंगलबार , श्रावण २०८१३ महिना अगाडि

इजरायलमा २ हजार जना श्रमिक पठाउने सहमति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा इजरायलमा २ हजार जना केयर गिभर श्रमिक पठाउने सहमति भएको छ । भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो ।

द्वन्द्वग्रस्त मुलुक इजरायलमा गत असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदारका (केयरगिभर) लागि ८०० जनाको आवेदन खोलेको थियो । अब उक्त संख्या ८०० बाट बढाएर २ हजार पुर्‍याउन सकिने सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।

सहमति अनुसार एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको बताईएको छ । यता, द्वन्द्वग्रस्त मुलुक इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना भइरहेको छ भने इजरायल-प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशीको अवस्था बारे अहिलेसम्म कुनै जानकारी छैन ।