Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत सङको ​शिष्टाचार भेट

०३ बिहिबार , श्रावण २०८१२ महिना अगाडि

परराष्ट्रमन्त्री राणासँग  चिनियाँ राजदूत सङको ​शिष्टाचार भेट

नेपालका लागि चिनियाँ राजदूत चेन सङले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग ​शिष्टाचार भेट गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र चिनियाँ राजदूत चेन सङको भेटमा दुई देशबीच बहुपक्षीय सहकार्य सुदृढ हुने सहमति भएको बताईएको छ ।

सिंहदरवारमा भएको भेटवार्तामा समकक्षी वाङ्ग यीको बधाइ सन्देश सुनाउदै चिनियाँ राजदूत सङले दुई देशवीच सहयोग र सहकार्य अझै घनिभूत बनाउदै बहुपक्षीय सम्बन्ध र सहकार्यलाई सुदृढ पार्ने सहमति सहित नवनियुक्त मन्त्रीलाई बधाई दिएका थिए ।

त्यसैगरी राजदूत सङले नेपाल चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी भइरहेको जानकारी दिएका छन् । यसअघि परराष्ट्रमन्त्री राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार नै शिष्टाचार भेट गरेका थिए ।