Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

भारतलाई खुशी बनाउदा भारू खोस्टो भयो

०२ बुधबार , श्रावण २०८१२ महिना अगाडि

भारतलाई खुशी बनाउदा भारू खोस्टो भयो

भारतकै अनुमतिमा राष्ट्र बैंकमा भारू थुप्रिएको थियो । भारतको हजार र ५ सयको नोट खारेजीमा पर्दा नेपालले आफूसँग ८ करोड भारू रहेको जानकारी गराएकै हो । भारतले त्यसलाई परिवर्तन गरिदिने आश्वासन पनि दिएकै हो । तर ८ वर्ष भइसक्यो, मोदीले अर्को चुनाव जितेर सरकार बनाइसके, नेपालसँग रहेको पुराना भारू स्वीकार गरेन ।
नेपाल भारत सम्बन्ध सुधार्न भन्दा पनि आफ्नो सम्बन्ध गाढा बनाउन नेपालका हरेक सरकार र हरेक नेताले प्रयास गरिरहेकै छन् । तर न नेपालका भारतले हस्तक्षेप गरेको भूमि फिर्ता गराउन सके, फिर्ता हुनुपर्छ भनेर बोले, न त ती भारू नै भारतले स्वीकार गर्नुपर्छ भनेर माग गर्नसके । भारू नेपाल भारत सम्बन्ध कति सुमधुर छ भन्ने ऐना हो, कालापानी र प्रवुद्ध समूहले तैयार गरेको रिपोर्ट अर्को प्रमाण हो ?
भर्खर सम्पन्न भएको बिमिस्टेकको बैठकमा पनि भारतले नेपालसँग निकट रहेको नाटक गरेर देखायो । यथार्थमा नेपाल भारत सम्बन्धमा भोटेताल्चा लागेको छ, खुल्ने सम्भाबना छैन ।