Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बीआरआई कार्यान्वयन फेरि असफल

१३ बुधबार , असार २०८१४ महिना अगाडि

बीआरआई कार्यान्वयन फेरि असफल

काठमाडौं । २०१७ मा हस्ताक्षर भएको चीनको बीआरआई कार्यान्वयन दस्तावेजमा हस्ताक्षर गर्न आएको चीनको उपविदेशमन्त्री टोली रित्तै हात फर्केको छ ।
चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पूरा गरेर फर्किएका छन्, बीआरआई उद्देश्य भने पूरा भएन । उनको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा नेपाल चीन दुबै देशले स्वीकृत गर्ने योजना थियो ।
चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेट र छलफल गरे पनि सहमति हुननसकेको स्रोतले जानकारी दिएको छ ।
चीन असन्तृष्ट भएर फर्किएको छ । स्मरणीय छ, नेपालले १२ मे २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । 
चीनले गतवर्षको जनवरी १ मा पोखरा विमानस्थल उद्घाटन समारोहमा वीआरआई अन्तर्गतको योजना भने पनि नेपालले अस्वीकार गरेको थियो ।
अमेरिकी एमसीसी कार्यान्वयन सुरु भइसक्यो, चीनको बीआरआई कार्यान्वयन हुनसकेन । यसमा भारो अमेरिकी नीति चीनलाई पछि धकेल्न सफल भएको मानिएको छ ।