Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

थाइल्याण्डमा थाइ–नेपाल मैत्रीसंघ गठन

०३ आइतबार , असार २०८१४ महिना अगाडि

थाइल्याण्डमा थाइ–नेपाल मैत्रीसंघ गठन

जनस्तरमा थाइल्याण्ड–नेपाल सम्बन्ध बढाउन थाइ–नेपाल मैत्रीसंघ गठन गरिएको छ । थाइ तथा नेपाली नागरिकबीच आपसी सम्बन्ध बढाएर सद्भाव एवं सहयोग अभिवृद्धि गर्ने उद्देश्यले मैत्रीसंघ गठन गरिएको हो ।

दुई देशबीच सामाजिक, आर्थिक, सांस्कृतिक, प्राज्ञिकलगायत क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले थाइल्याण्डमा स्थापना गरिएको उक्त संस्थाको अध्यक्षमा थाइल्याण्डका प्रथम थाइसगरमाथा आरोही तथा व्यवसायी वितिध्नन रोजनापनित छनोट भएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

मैत्रीसंघ गठन भएको अवसरमा नेपाली राजदूतावासका राजदूत धनबहादुर वलीले नवगठित संस्थाले आफ्नो उद्देश्य हासिल गर्न आगामी दिनमा आयोजना गर्ने हरेक कार्यक्रममा राजदूतावासको सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।