Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

गधाको दूधले नुहाउने सत्तासुन्दरी भ्रष्टाचारले नुहाउने सत्तापिपासु

२२ मंगलबार , जेठ २०८१४ महिना अगाडि

गधाको दूधले नुहाउने सत्तासुन्दरी
भ्रष्टाचारले नुहाउने सत्तापिपासु

नेपालको राजनीति र क्लियोपेट्रको घटना उस्तै उस्तै लाग्छ । क्लियोपेट्र आफ्नो सुन्दरतालाई शक्ति बनाएर राज गर्न सफल भइन् । नेपाली नेताहरू जातजाति, भाषाभाषी, क्षेत्र, लिङ्गलाई आफ्नो शक्ति बनाएर राज गरिरहेछन् ।
क्लियोपेट्राको अन्त आत्महत्याबाट भयो, नेपाली नेताहरू भ्रष्टाचारमा डुबेर मर्ने त होइनन् भन्ने लख काटिदैछ ।
सुन्दरी क्लियोपेट्राको प्रसङ्ग आश्चर्यपूर्ण छ । उनी आफ्नो सुन्दरता निखार्न, तिखार्न र उजिल्याउन हरेक दिन गधाको दूधले नुहाउँथिन् । उनले नुहाएको दूध पिउन प्रेमीहरू तँछाडमछाड गर्थे । मानौं अमृत हो क्लियोपेट्राले नुहाएको गधाको दूध ।
क्लियोपेट्रा पोलिमेक वंशको अन्तिम शासक थिइन् । असाध्यै सुन्दरी र चलाख थिइन, उनले आफ्नै दुई भाइसँग विवाह गरेकी थिइन् । तर आफ्ना सहयात्रीहरू उनका प्रेमी थिए । उनले आफ्नो सुन्दरतालाई राजनीतिक हतियार बनाइन् । उनी साह्रै ख्यातीप्राप्त फिरून थिइन् । आत्मबल बलियो भएको र सफल नेतृ थिइन ।  सिजर मारिदा उनी रोममा थिइन् । सत्ताको षडयन्त्र गर्ने परिवारवादको नतिजा मर्नु वा मार्नु थियो, त्यही नियति उनले भोग्नुप¥यो । सत्ता र ख्यातीको शिखरमा पुगेकी सुन्दरी क्लियोपेट्राले आत्महत्या गरेर मर्नुपर्छ भन्ने कसलाई थाहा थियो ?
श्रीलंकामा राजापाक्ष परिवारले अति ग¥यो । परिवारबादको हैकम बढ्दैगयो र अन्तमा मर्ने, मार्ने वा लखेटिनुपर्ने नियति राजापाक्ष परिवारले भोग्नुप¥यो ।
घटना अनेक छन् । नेपालको लोकतन्त्रमा परिवारवाद डढेलोजसरी सल्केको छ । विभेद र निषेध, असमानता र अन्यायले सीमा नाघेको छ । यी सबै बेथिति र बिकृतिका कारण जनयुद्ध र जनआन्दोलन गर्ने शक्ति र व्यक्ति तथा ख्यातीको शिखरमा पुगेका नेताहरू नै हुन् । यी नेताहरूको राजनीतिक मृत्यु जनताको मन मनमा भइरहेको छ, यी अविश्वसनीय र घृणा र दयाका पात्र बनेका छन् । आउने दिनमा के कस्तो नियति यिनको हुने हो भन्न नसकिए पनि अनुमान गर्न सकिन्छ । जो राजनीतिक र प्रशासनिक धर्म निर्वाहमा पटक पटक चुक्छ, आफूलाई मान्छेबाट देवत्वकरण गरेर अघि बढ्छ, प्राकृतिक प्रकोपका रूपमा चट्याङ त पर्छ पर्छ ।