Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

ज्ञान हस्तान्तरण गर्नुपर्नेमा बौद्ध विद्वान, परम्परावादीहरू सहमत

१८ शुक्रबार , जेठ २०८१४ महिना अगाडि

ज्ञान हस्तान्तरण गर्नुपर्नेमा बौद्ध विद्वान, परम्परावादीहरू सहमत

शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा बौद्ध विद्वान, परम्परावादीहरू सहमत भएका छन् ।
बौद्ध सम्पदाका विद्वान र बौद्ध परम्परावादीहरू बुद्धसँग सम्बन्धित साझा सम्पदाको संरक्षण गर्दै शान्ति र समृद्धिका लागि नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नुपर्नेमा सहमत भएका छन् । पाकिस्तानको परराष्ट्र मन्त्रालयले मङ्गलबार र बुधबार दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनमा गन्धारा टु द वर्ल्ड शीर्षकमा उक्त सहमति गरेको हो ।

गान्धर बौद्ध परम्परालाई महायान बौद्ध परम्पराको जन्मस्थल मानिन्छ। पुरातन तक्षशिला विश्वविद्यालय, जसलाई अहिले तक्षशिला भनिन्छ,  यही क्षेत्रमा सो बिद्यालय अवस्थित रहेको इतिहास पाइन्छ ।  कार्येक्रममा बुद्ध परम्पराको विकास गर्दै शान्ति र समृद्धिको नयाँ आयाम खोज्ने क्रममा विज्ञले दक्षिण एसिया र अन्य मुलुकमा रहेका प्राचीन बुद्ध सम्पदाको एकीकृत परिपथ सञ्चालनमा सहभागीहरुले  जोड दिएका छन् । नेपालमा बुद्धको जन्मस्थल लुम्बिनी र गान्धाराबीचको सम्बन्ध अन्य बौद्ध सम्पदाको संयोजन हुने विश्वास गरिन्छ ।

गान्धारको बौद्ध सम्पदा युरोप र चीनसँग सम्बन्ध स्थापना गर्ने गेटवे पनि हो ।