Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

पिसकर्पस्का स्वयमसेवकहरुलाई शपथ

०५ शनिबार , जेठ २०८१२ महिना अगाडि

पिसकर्पस्का स्वयमसेवकहरुलाई शपथ

अमेरिकी राजदूत डिन आर थम्पसन र हाल नेपाल भ्रमणमा रहेकी पिस कोरका उपनिर्देशक डेभिड ह्वाइटले १० जना पिसकर्पस्का स्वयमसेवकहरुलाई शपथ गराउनु भएको छ । यो कार्यक्रम होटल शंकरमा आयोजित थियो । यो पिस कर्पस्को नयाँ टोली हो । यी स्वयम्सेवकहरुले पर्यटन प्रवद्र्धन, सामुदायिक विद्यालयहरूमा ई–लर्निङ,ई–टिचिङ र विश्वविद्यालय स्तरमा कृषि अनुसन्धानमा कार्यहरूमा स्वयमसेवा प्रदान गर्नेछन् । अमेरिकाको पिस कोर्प्स विश्वका विभिन्न मुलुकका ग्रामीण भेगका विपन्न समूहलाई सहजीकरणका लागि स्वयमसेवीहरु पठाउने संस्था हो । नेपालका ग्रामिण क्षेत्रमा १९६२ सेप्टेम्बरदेखि कृषि र शैक्षिक क्षेत्रमा पिस कर्पस् सक्रिय रहदै आएको छ ।