Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

खामिखावाको भ्रमणको उद्देश्य

२४ सोमबार , बैशाख २०८१४ महिना अगाडि

खामिखावाको भ्रमणको उद्देश्य

जापानी विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा आइन्, यो नेपालका लागि सुखद छ । परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेपछि उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरिन्, मण्डला बुकस्टल पुगेर पुस्तक किन्न र दरवार स्क्वायरको भ्रमण गर्न भ्याइन् । केही घण्टाको नेपाल भ्रमणमा यति धेरै काम भ्याउनु र नेपाल–जापान सम्बन्धलाई अझ सुमधुर बनाउने उनको प्रयत्नको जति प्रशंसा गरे पनि कमै हुन्छ ।
परराष्ट्र मन्त्रालयले दुई देशबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा दुई पक्षीय कुराकानी भएको बताएको छ ।
जापानले सम्बन्ध, सहयोग र आगामी दिनमा थप सहयोगबारेमा पनि समीक्षा र नीति स्पष्ट पारिदिएको छ । यसका लागि नेपाल इण्डो प्यासिफिक रणनीतिमा सामेल हुनुपर्ने अमेरिकी लविङका रूपमा जापानी विदेश मन्त्री प्रयोग भएको टिप्पणी पनि छ । नेपाललाई आगामी दिनमा आर्थिक र विकास सहयोगका साथै सांस्कृतिक र जनताबिचको सम्बन्धलाई थप उचाइमा पु¥याउने आश्वासन दिएर जापानको मतमा नेपाल खरो उत्रनु पर्ने कूटनीतिक दबाब दिन उनले भ्याएकी छिन् । नेपालले जापानी नीतिमा सहमति जनाए कृषि, जलविद्युत्, पूर्वाधार विकास, कनेक्टिभिटी, निर्यात प्रवर्द्धन, औद्योगिक उत्पादन, वैदेशिक लगानी र पर्यटन क्षेत्रलगायतका क्षेत्रमा थप लगानी बढाइदिने, लगानी जुटाइदिने आश्वासन दिएको पनि बताइन्छ ।