Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

जापानको विदेशमन्त्री नेपाल आउदै

२३ आइतबार , बैशाख २०८११४ दिन अगाडि

जापानको विदेशमन्त्री नेपाल आउदै

आज जापानी विदेशमन्त्री कामिकावा योको औपचारिक भ्रमणका लागि नेपाल आउदैछन्  । मन्त्री कामिकावा योको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा बिहान साढे ११ बजे कोलम्बो हुँदै नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

सन् २०१९ पछि जापानबाट पहिलोपटक नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको हो । यसअघि सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गरेका थिए । आज नेपाल भ्रमणमा आउन लागेकी विदेशमन्त्री योको आजै साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

जापानी विदेशमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी र आजै उच्चस्तरीय भेटावार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जामकारी दिएको छ । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल भ्रमणमा योकोले परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने र त्यसक्रममा दुई देशबिचको आपसी सम्बन्ध विस्तारसँगै आगामी साझेदारीलाई वृद्धि गर्न थप केही सम्झौता हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि सन् २००७ मा पहिलो पटक लैङ्गिक समानता तथा सामाजिक मामिला राज्यमन्त्री भएकी योको २००८ मा सार्वजनिक तथ्याङ्क व्यवस्थापन तथा राष्ट्रिय अभिलेखालयमन्त्री र सिन्जो आबेको दोस्रो कार्यकालको सरकारमा उनले चार पटक र सन् २०२० मा प्रधानमन्त्री योसिहिदे सुगाको कार्यकालमा एक गरी पाँच पटक न्यायमन्त्रीको पदभार सम्हालेकि थिईन । उनि जापानको प्रभावशाली नेतृत्वका रूपमा परिचित छन् ।

सन् २०२१ मा नयाँ प्रधानमन्त्री फुमियो किसिदाको कार्यकाल सुरु भएयता कामिकावा गत वर्ष जापानको विदेशमन्त्रीमा नियुक्त भएकी हुन् । उनी सन् २००० यता भएकामध्ये एउटाबाहेक हरेक पटकको आमनिर्वाचनमा निर्वाचित हुँदै जापानी संसद्मा बन्दै आएकी छन् ।