Advertisement Banner
Advertisement Banner

०५ शनिबार, जेठ २०८१17th April 2024, 11:33:48 am

आगामी साता जापानका परराष्ट्रमन्त्री नेपालको भ्रमणमा आउने

१६ आइतबार , बैशाख २०८१२० दिन अगाडि

आगामी साता जापानका परराष्ट्रमन्त्री नेपालको भ्रमणमा आउने

जापानको परराष्ट्रमन्त्री योको कामीकावा आगामी साता नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्रमन्त्री योको कामीकावा नेपाल भ्रमणमा आउने जापानको विदेश मन्त्रालयले शनिबार घोषणा गरेको हो ।

जापानको विदेश मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री योको कामीकावाले वैशाख १४ देखि २४ गतेसम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलङ्का र नेपाल लगायतको भ्रमण गर्ने बताईएको छ । विदेश मन्त्री श्रीलङ्का हुँदै नेपाल आउने

जापानी विदेश मन्त्री कामीकावा श्रीलङ्का हुँदै नेपाल आउने जापानी विदेश मन्त्रालयले घोषणा गरेको छ । उनी वैशाख १४ गते नै विदेश भ्रमणमा निस्किसकेको बताईएको छ । विभिन्न ६ राष्ट्रको भ्रमणमा निस्कुनअघि परराष्ट्रमन्त्री कामिकावाले एक पत्रकार सम्मेलन गर्दै भ्रमणले ‘ग्लोबल साउथ’ र सार्क राष्ट्रहरूको समूहलगायत समान विचारधारा भएका देशहरूबीच सम्बन्ध विस्तारका रूपमा काम गर्ने बताएकी थिइन् ।

विदेश मन्त्री कामीकावा वैशाख २२ गते नेपाल आइपुग्ने भ्रमणतालिका रहेको छ । तर, नेपालको परराष्ट्र मन्त्रालयले भने यसबारेमा अहिलेसम्म सार्वजनिक रूपमा कुनै जानकारी गराएको छैन । साथै नेपाल भ्रमणका क्रममा मन्त्री कामिकावाले सन् २०२६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठ समारोह आयोजनाबारे पनि कुराकानी गर्ने सम्भावना रहेको बताईएको छ ।