Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

सुरक्षाविद महामहिम राजदूत डिन थम्पसन

१३ मंगलबार , चैत्र २०८०४ महिना अगाडि

सुरक्षाविद महामहिम राजदूत डिन थम्पसन

October 21, 2022 देखि नेपालमा कार्यरत अमेरिकी प्रतिनिधि महामहिम राजदूत डिन थम्पसन मुस्ताङदेखि लुम्बिनीसम्म, पोखरादेखि इलामसम्म पुग्ने राजदूत हुनुहुन्छ । उहाँको सक्रियता भूराजनीतिक जानकारी लिन र रणनीतिक मात्र सिमित देखिदैन, नेपाली संस्कृति, परम्परा जान्न र नेपाली जनतासँग घूलमिल हुनपनि बिछट्टै सिपालु देखिन्छन् । दूतावासका सहयोगीहरूलाई नेपालीमै राजदूत, अमेरिकाबाट नेपाल आउने प्रतिनिधिहरूका बारेमा र नेपाली जनतासम्म सूचना पु¥याउने सम्बन्धमा सामाजिक सञ्जालमा जुन सक्रियता देखिएको छ, त्यसबाट अब नेपाललाई अमेरिकी आँखाले हेरेको प्रष्टै हुन्छ । केही वर्ष अघिसम्म नेपाललाई भारतीय दृष्टिले हेरेको भनिन्थ्यो, त्यो सोच समाप्त भएको बुझिन्छ ।
अमेरिकाले डिन थम्पसनलाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको सम्भवतः नेपाल–अमेरिकावीचको सम्बन्ध सुधार्न र यो सम्बन्धलाई दुबै मुलुकको हितमा उपयोग गर्न हुनसक्छ । निश्चित रूपमा हरेक मिसनको आफ्नो उद्देश्य हुन्छ, नयाँ आर्थिक शक्ति बन्दै गएका चीन र भारतका वीचमा रहेको नेपाली भूमि रणनीतिक रूपमा महत्वको छ, त्यो महत्व अमेरिकाले बुझेर नै सक्रियता बढाएको हो । सवाल नेपालको कूटनीतिक क्षमता र देशभक्तिको हो । नेपाललाई विश्वको सहयोग चाहिन्छ । अमेरिकाको सहयोग त अपरिहार्य नै छ । त्यो सहयोगलाई नेपाल तथा नेपालीको हितमा उपयोग गर्ने ल्याकत नेपाली नेताहरूले देखाउन सक्नुपर्छ, अन्यथा नेपाल संकटमा पर्दैजानेछ ।
सुरू सुरूका दिनमा थम्पसन नेपालका लागि राजदूतका रूपमा नियुक्त हुँदा के हुन्, को हुन् ? भन्ने जिज्ञासा थियो । अब त्यो जिज्ञासाको अन्त भइसकेको छ । अमेरिकासँग एमसीसी माग्ने माओवादी नै हो, हालका अर्थमन्त्री वर्षमान पुन नै हुन् । एमसीसी पास गर्न हुन्न भनेर सडकमा आगो बाल्ने र अमेरिकाको घनघोर बिरोध गर्ने पनि माओवादी नै निस्किए । रातारात के भयो, माओवादीले सडक आन्दोलनलाई मत्थर पार्दै संसदबाट एमसीसी पास गरिदियो ।
महामहिम राजदूत डिन सार्वजनिक नीति र राष्ट्रिय सुरक्षा रणनीति विषयमा नेशनल डिफेन्स युनिभर्सिटीबाट अध्ययन गरेका व्यक्तित्व हुन् । उनी मन्त्री स्तरका क्यारिएर विदेश सेवाका कर्मचारी हुन् । दक्षिण र केन्द्रीय एसिया विषयमा २ वर्षदेखि अध्ययन गरेपछि थम्पसन भारतको कोलकतामा अमेरिकी कन्सुलेटको काम पनि गरेका रहेछन् । क्राइसिस म्यानेजमेन्ट, सूचना स्रोत व्यवस्थापनका ज्ञाता थम्पसन भारतको बंगाली भाषामा विशेष दख्खल राख्छन् । उनले उत्तर दक्षिण कोरियाको बढ्दो द्वन्द्वकालमा दक्षिण कोरियामा रहेर ‘प्रतिरक्षा मुद्दाहरूमा रक्षा सचिव’को जिम्मेवारी बखुबी पूरा गरेका रहेछन् । एसिया बुझेका र नेपालको भूराजनीतिमा विश्वशक्तिहरू उपस्थित भइरहेको बेलामा सुरक्षाविद थम्पसनको नेपालमा नियुक्तीका २ वर्ष अमेरिकाका लागि महत्वपूर्ण रहेको छ ।
नेपालका लागि के कति महत्वको रह्यो, त्यस विषयमा एमसीसी पारित गर्ने संसदले मूल्याङ्कन गरेर नेपाली जनतालाई सत्य सूचना दिनुपर्छ । जनताप्रति जवाफदेही सरकारले गर्नैपर्ने कार्य हो त्यो । निर्णय गर्ने, कार्यान्वयन नगर्ने र नेपाल र नेपालीका लागि के उपलब्धि भयो भनेर बताउन नसक्ने लोकतन्त्रको के अर्थ ?
एमसीसी अघि र पछिका राजनीतिक र कूटनीतिक तीखा प्रश्नहरू उठेका छन् । नेपालले ऋण ब्यहोर्न सक्दैन, अनुदानको उपयोग पनि गर्न सकेन भने यो दुर्भाग्य हुनजानेछ । राजनीतिको असफलताका कारण नेपालको घट्दो विश्व विश्वसनीयतालाई कसरी विश्वासयोग्य बनाउने ? नेतृत्वका सामु यक्ष प्रश्न हो यो । एमसिसी र एसपीपी नेपालले खुला वा गोप्य रूपमा स्वीकारिसकेको अवस्थामा नेपालको पहिचान बचाउन र मैत्री तथा सहयोगलाई स्वाधीनता कायम राखेर बढी भन्दा बढी देश र जनताको पक्षमा उपयोग गर्न राष्ट्रिय बहस जरूरी छ । विश्वशक्तिको प्रतिस्पर्धा नेपालले हेर्ने हो, नेपालका लागि विकास प्राथमिकतामा हुनुपर्छ । लोकतन्त्र, मानवाधिकारका साथै समृद्धिका लागि नेतृत्वले योग्यता देखाउने बेला यही हो ।