Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

‘नेपालमे लौटेकी राजशाही ?’

०८ बिहिबार , चैत्र २०८०४ महिना अगाडि

 ‘नेपालमे लौटेकी राजशाही ?’

काठमाडौं । दुर्गा प्रसाईदेखि राप्रपा, राप्रपा नेपाल सडक आन्दोलन गरिरहेका छन् । लघुबित्तदेखि सहकारी पीडितहरू, किसान तथा मजदुर र अन्यायमा परेका मिटरब्याजीसमेत सरकारको अन्यायप्रतिको लगावले असन्तुष्ट छन् । अर्थतन्त्रको बेहाल अवस्था, कुशासन र भ्रष्टाचारको महामारीको चक्रब्यूहमा फसेको नेपाल अस्तित्वको संकटसँग जुध्न पुगेको विश्लेषण भइरहेको छ । जनताप्रति, देशप्रति र आफैप्रतिसमेत जवाफदेही राजनीति, शासन र प्रशासन चल्न सकेको छैन । न्यायपालिकासमेत बिचलनमा परेकोमा चिन्ता र चासो बढेको छ ।
यो अवस्था भनेको नेपाल अभिभावकबिहीन हुनपुगेको हो । राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापना हुनसकेन भने नेपालमा उत्तर र पश्चिमाको हैकममा पुग्छ भन्ने निष्ककर्ष निकाल्दै भारतीय सञ्चारमाध्यमहरू ‘नेपालमे लौटेकी राजशाही ?’ भनेर चर्चा परिचर्चा र विश्लेष(ा गर्न थालेका छन् । भाजपाका नेताहरू र भातृ संगठनहरू नेपाल हिन्दुराष्ट्र हुनैपर्ने अभियानमा समेत लागेका छन् । अमेरिकाले समेत हिन्दुराष्ट्रका लागि भारतबाट फण्डिङ भइरहेको रिपोर्ट सार्वजनिक गरिसकेका छन् ।
पटक पटक भारतले पूर्वराजालाई राजाकै हैसियत, सम्मान, सुरक्षा दिने गरेको छ । भारतमा निर्वाचन घोषणा भएको छ र त्यसको बाछिटाले नेपालमा समेत हिन्दुत्वको जागरण भइरहेको छ । चुनावमा हिन्दुवादी भाजपाले बहुमत ल्याउने आँकलन गरिदैछ र भाजपाकै सहयोगमा नेपालमा हिन्दुराष्ट्र र राजतन्त्र पुनस्र्थापनामा बल पुग्ने बताइन्छ । यद्यपि नेपालीहरू यही उद्देश्यका लागि बिद्रोहमा छन् ।