Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

कहिलेसम्म दुखिरहन्छ कालापानी ?

०६ मंगलबार , चैत्र २०८०४ महिना अगाडि

कहिलेसम्म दुखिरहन्छ कालापानी ?

डा. विनिता– - - - 
लिपुलेक, लिम्पियाधुरा भारतको नक्सामा मिलाएको भारतले कालापानीमा मात्र ३७ हजार हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । ६० वर्षदेखि भारतको सैनिक छाउनी बसेको कालापनी क्षेत्र नेपालले कहिले फिर्ता पाउने ? लिपुलेक फिर्ता आउने कि नआउने ? देश किन दुख्दैन ?
भारतका लागि एक मुठी माटो जति प्यारो छ, माटोका लागि भारत जति युद्धको तैयारी गरिरहेको देखिन्छ, भारतले नेपालका लागि पनि त्यही कुरा स्मरण गर्न सकेन । नेपाली भूमि भारतले कव्जा जमाएर बस्दा नेपाली मनमुटुमा घोचेको होला भनेर हेक्का राख्न नसक्नु भारतको गल्ती हो ।
नेपाली भूमि नेपालको हो भन्न नसक्नु नेपाली नेताको असक्षमता हो ।
नेपालमा दुई कुरा भारतले साह्रै हेपेको रूपमा हेरिन्छ । एउटा कालापानीको क्ष्ँेत्रमा भारतीय सैनिक छाउनी रहनु । दोश्रो १९५० को सन्धिलाई भारतले खारेज गर्न नमान्नु र नेपालले खारेज भयो भन्न नसक्नु ।  त्यसमाथि नेपाली कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रलाई भारतकै नक्सामा गाभ्नु, भारतको विस्तारवादनीति हो ।
यहीकारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०१५ मे १५ मा चीन पुगेर नेपालको लिपुलेकबाट व्यापार गर्ने भनेर सम्झौता गर्न सफल भए । भूमि नेपालको, नेपाललाई सोध्दै नसोधी चीन र भारतले व्यापार गर्ने भनेर सन्धि हुनु भनेको नेपालमाथिको हस्तक्षेप नै हो । यति गम्भीर विषयमा समेत नेपाल सरकार, नेपाली पार्टीहरूले चुँ सम्म बोल्न सकेनन् । यिनै नेताहरू भन्छन्– हामी राष्ट्रवादी । देशभक्त, स्वाधीन । देशभक्त र स्वाधीन हुनु भनेको देशमाथि यति गम्भीर अतिक्रमण भइसक्दा पनि आफ्नो देशको भूमि बचाउन नसक्नु हुनसक्छ ? यथार्थमा यो नेपाली नेतृत्वको राष्ट्रघातक मौनता हो, जुन भइरहेछ ।
कालापानी राजनीतिक दल र पटक पटक सत्तामा जानेहरूको वेवास्ताको विषय बनेको छ । देशको माटोमाथि पराइले कवाज खेल्ने, हाम्रा नेताहरू जिब्रो तालुमा टाँसेर राजनीतिक क्रियाकलाप गरिरहने । सत्ताको स्वार्थको खेलमा रमाइरहने ?।
ठूला दलहरू सत्तामा रमाइरहेकै छैन । तिनीहरू राष्ट्रवादका भाषण पनि गर्छन् । यिनै नेताहरू दिल्ली र बेइजिङ दुबैतिरको भ्रमण पनि गर्छन् । सबै छाडी पुच्छरमा हात भनेझैं सीमाका मुद्दा उठाउँदै उठाएनन् । पार्टी स्वार्थका कुराहरू गरे, देशको माटोलाई बिर्से, यस्तो राजनीति राष्ट्रघाती छ ।
चीनले पनि सधैं नेपालको सार्वभौमिकताको विषयमा चासो दिएको छ । भारतको थिचोमिचोमा पनि बोल्छ र नेपाललाई साथ दिने गरेको छ । तर त्यही चीनले लिपुलेकबाट व्यापार गर्ने भनेर कसरी भारतसँग सम्झौता गर्न सकेको ? भारतले आफ्नो नक्सामा नेपाली भूमि मिलाउँदा किन नबोलेको ? यसको अर्थ चीन व्यापारबृद्धिका लागि नेपाललाई भुल्न पनि सक्छ भन्ने हो । 
सीमाविद बुद्धिनारायण श्रेष्ठका अनुसार कालापानीमात्र होइन, लिपुलेक, लिम्पिया धुरा पनि नेपालकै हो । अहिले सरकारको निसान छाप र प्रयोगमा आएका नक्सामा नेपालको १ हजार १९ बर्ग किलोमिटर भूमि दमपच पारिएको छ । यो नेपालमाथिको गम्भीर षडयन्त्र हो । नक्सा सच्याएरमात्र हुन्न, नेपाली भूमि नेपालको हकभोगमा हुनुपर्छ ।
स्मरणरहोस्, विज्ञहरूका अनुसार नेपाल, चिन र भारतको सीमानामा कालापानी त्रिकोणाकारमा रहेको छ । कुटी याङ्दी (काली) र लिपु खोलाले यसलाई त्रिकोणाकारमा ढालेको हो । सामरिक दृष्टिले महत्वको यो क्षेत्र करिब १९ हजार ६ सय हेक्टर (१९५ वर्र्गिकलोमिटरमा छ) । नेपालले काली अर्थात कुटी याङ्दीको मुहानलाई महाकाली नदीको मुहान भन्दै आएको छ भने भारतले लिपु खोलाको मुहानलाई महाकाली नदीको मुहान भन्दै कालापानीमा अतिक्रमण गरेर कब्जा जमाएको छ । कालीको मुहानलाई महाकाली नदीको मुहान मान्दा कालापानी नेपालमा पर्छ भने लिपु खोलाको मुहानलाई महाकालीको उद्गम स्थल मान्दा कालापानी भारतमा पर्छ । यहि विवादका कारण कालापानीको एक सय ९५ वर्ग किलोमिटर नेपाली भूमि भारतले १९६२ देखि कब्जा ग¥यो । २०१९ देखि लिपुलेक, कालापानी समेत भारतमा मिलाइसक्यो ।
कालापानीको पश्चिमतिरबाट बग्ने काली अर्थात कुटी याङ्दीको मुहान नै महाकालीको उद्गम स्थल भएको नेपाली पक्षको प्रमाणसहितको दावी छ । यो दावी अन्तर्राष्ट्रियकरण गर्न नेताहरू डराएका छन् ।
चीनविरूद्धको रणनीतिक भूमि भनेर भारतले यो क्षेत्रलाई गम्भीर सैनिक क्षेत्रको रूपमा विकास गरेको देखिन्छ । यो नेपाली क्षेत्रमा नेपाली छिर्न सक्ने अवस्था छैन । कालापानी भारतले केन्द्रीय स्तरको सैनिक छाउनीका रूपमा अलर्ट राखेको छ ।
नेताहरू किन बोल्दैनन् ?