Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

क्रसबोर्डर प्रसारण लाइन फास्टट्य्राकमा

०६ मंगलबार , चैत्र २०८०२ बर्ष अगाडि

 क्रसबोर्डर प्रसारण लाइन फास्टट्य्राकमा

एमसीए नेपालले १८ किलोमिटर क्रसबोर्डर प्रसारण लाइन फास्टट्य्राकमा बनाउने निर्णय गरेको छ । यो बुटवल, गोरखापुर खण्डको प्रसारण लाइन हो । यसअघि एमसीए नेपालअन्तर्गतको ३ सय १५ किलोमिटर लामो प्रसारण लाइनलाई तीन खण्डमा विभाजन गरी निर्माणको तयारी गरिएकोमा नेपाल विद्युत प्राधिकरणले क्रसबोर्डर प्रसारण लाइन ढिलाइ हुने हो कि भन्ने प्रश्न गरेकोमा यो क्रस बोर्डर प्रसारण लाइन १८ किलोमिटर खण्डलाई छुट्टै र छिट्टै निर्माण गर्ने निर्णय गरिएको हो ।
एमसीए नेपालका अनुसार सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता दिँदा नेपाल र भारतबीच सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहज हुनेछ ।
सञ्चालक तथा प्रवक्ता जलस्रोत सचिवका अनुसार उक्त खण्डलाई वृहत् प्रसारण लाइन सञ्जालबाट छुट्ट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्न यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न गर्न सकिनेछ । यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको अंश भएको र नेपालको आवश्यकता पूरा गर्न सजिलो हुनेछ ।
यसको खर्च सम्बन्धमा नेपाल र भारतबीच असोज २०७६ मा सहमति भइसकेको छ । बाँकी २ सय ९७ किलोमिटर प्रसारण लाइनको डिजाइन–बिल्ड निर्माण कम्पनीका सेवा खरिदका लागि प्रकृया अघि बढाइएको छ ।
यसअघि भएका बिडमा सबै भारतीय कम्पनी रहेका र तिनले एमसीसी असफल पार्नकै लागि दोब्बर अंक बिडमा हालेकाले रद्द गर्नुपरेको थियो ।