Advertisement Banner
Advertisement Banner

२३ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

होला र भ्रमण?

२० सोमबार , पौष २०७२१० बर्ष अगाडि

शाश्वत शर्मा -
अँध्यारो कोठामा बसेर कसैले दिएको निर्देशनमा काम गर्नेहरुले चिनियाँ राष्ट्रपति सी जिनपिङले यही वर्ष (२०१६) को फेब्रुअरीतिर नेपालको भ्रमण गर्न सक्नेछन् भनेर भविष्यवाणी गरेका छन्। उनीहरुको दावी छ संक्रमण सकियो, संविधान जारी भयो, आर्थिक विकास गर्न नेपाल अग्रसर भएकोले चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्न सक्नेछन्। नेपाल–चीनबीच दैत्य सम्बन्धको ६० वर्ष पूरा भएको छ। उहिले स्वर्गीय राजा वीरेन्द्रको पालामा (१९९६) जियाङ जेमिनले राष्ट्रपतिको हैसियतमा नेपालको भ्रमण गरेका थिए। त्यसपछि त्यो स्तरमा कुनै चिनियाँले नेपाल भ्रमण गरेका छैनन्। यसपटक त्यस्तो भ्रमण हुनसक्छ भनिदैछ। \
सम्बन्धको ६० वर्ष पुरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुनसक्छ, तर कुन परिवेशमा हुँदैछ त? ...खासगरी 'रोटी र बेटी'को सम्बन्ध भएको अनि धार्मिक, सास्कृतिक अनि दरिलो राजनीतिक  र कुटनीतिक सम्बन्ध भएको भारतसँगको नेपालको आपसी सम्बन्ध एकदमै न्यून चिसो बिन्दूमा पुगेका वेला हुने भएको छ। एकथरी भन्छन्, यो भारतलाई कुटनीतिक धक्का हो। तर अर्काथरी यो भ्रमण हुनै नसक्ने भनेर पनि ठोकुवा गर्छन्। होला, पुनः प्रधानमन्त्रीस्तरको भ्रमण हुन सक्ला, तर राष्ट्रपतिस्तरको, अस्थिर नेपालमा अलि गाह्रै छ।  
नेपालका लागि चिनियाँ प्रमुखले लिपुलेक सम्झौता गरेर सहकार्यको थालनी गरिसकेको अर्को व्यापारिक मित्र भारतलाई आँखा देखाउलान् त? त्यो अलि हजम हुँदैन भन्छन्, ती जानकारहरु। खासगरी अस्थिर राजनीतिले  (नेपालको) गर्दा नेपालसँग गर्न खोजिएको (चीनद्वारा) दूरगामी महत्वराख्ने सम्झौताहरु पनि विवादास्पद बन्न सक्ने, अनि नेपालको तराई मधेशमा चीन विरोधी गतिविधि एकाएक ह्वात्तै बढ्दै जानुले पनि अहिलेको यो मौसम चिनियाँ राष्ट्रपतिको भ्रमण (नेपालको) का लागि त्यति उपयुक्त होइन भन्ने कुरा निचियाँ अधिकारीहरुले बुझेको हुनुपर्छ  भन्छन्, केही विज्ञहरु। अझ हिजोसम्म तिब्बत मामिलामा मात्र नेपालमा तानिने उत्तरी मित्र चीन अब मधेस आन्दोलनमा समेत मुछिन जानुले 'फ्रि तिब्बत'सँग सम्बन्धित एनजीओ र आईएनजिओ वालाहरुले मात्रै होइन कि नेपालका मधेसी नेताहरुले पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विरोधमा नेपालीहरुलाई नै उचाल्न सक्छन्। जुन शान्त र अहस्तक्षेपकारी कुटनीतिमा विश्वास गर्ने (?) चीनका लागि त्यति स्वीकारपूर्ण नहुन पनि सक्छ।
अझ अर्को पार्टीतिर दृष्टि दौडाउँदा यहाँ मधेसीहरुले मात्र 'नयाँ संविधान'को विरोध गरेका छैनन्। जाति, जनजाति, राजावादी, हिन्दू धर्मवादीहरु पनि मैदानमै छन्। चीनले व्यवहारिक भएर नेपालको संविधान चाँडै ल्याउन यहाँका केही नेताहरुलाई सहयोग गरेता पनि र संविधान जारी भएप्छि स्वागत गरेता पनि, अब यही परिवेश र ढंगमा काठमाडौं गएर नेपालको नयाँ संविधान बारे दुई शब्द बोल्न पनि माथि उल्लेख गरिए झैं 'शान्त कुटनीति'मा विश्वास गर्ने चिनियाँ कार्यकारी प्रमुखलाई असजिलो नै हुन जानेछ। त्यसकारण झ्वाट्ट चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नहोला कि, चीनले भारतलाई किन चिढाउने? यस्तो आशंका पनि गरिँदैछ?
...तर भनिन्छ, कुटनीति देखिनेजस्तो सरल र सोझो बाटो हिड्दैन। ...तर पनि....मधेश आन्दोलनलाई उपेन्द्रं यादव र महन्थ ठाकुर अनि महेन्द्रराय यादवहरुले विश्राम दिएता पनि (सम्भावना) चिनियाँ राष्ट्रिय झण्डा जलाउने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अझै दिल्लीमै छन्। ...दिल्लीमा इलाज गराएर अझ तन्दुरुस्थ भएर फर्किंदैछन्। उनले आन्दोलन गर्ने फूर्ति गरिरहेका छन्।  ...त्यसकारण अहिले चिनियाँ नागरिकहरुलाई नेपाल भ्रमण गर्न अनुकूल होला ...तर राष्ट्रपतिलाई नै भ्रमण गर्ने उपयुक्त वातावरण नहोला– भन्ने बुझ्या छन्, कि चिनियाँहरुले, यस्तो संभावना औंल्याउनेहरु प्रशस्त छन्। त्यसो त, बेइजिङस्थित नेपाली राजदूत महेश मास्केको पदावधि ४ महिना थपिनुलाई पनि यही भ्रमण (प्रधानमन्त्री ओलीको चीन भ्रमण)सँग जोडिएर आएको छ। तर पनि, चीनजस्तो मुलुकको राष्ट्रपतिले वर्तमानमा नेपालमा भ्रमण गर्छन् भन्नेमा कतिपयलाई विश्वास छैन है। त्यसो त चीनले राष्ट्रपतिको भ्रमणको तालिका हरेक फेब्रुअरीमा बनाउने गर्छ। राष्ट्रपतिको प्राथमिकतामा नेपाल छ तर भ्रमण तालिकामा अहिलेसम्म परेको खबर छैन। चीनका राष्ट्रपतिले भ्रमण गरे नेपाललाई लाभ नै हुनेछ।