Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

युरोपेली मुलुक स्विट्जरल्यान्ड र नेपालबीच हवाई सम्झौता

२८ आइतबार , माघ २०८०६ महिना अगाडि

युरोपेली मुलुक स्विट्जरल्यान्ड र नेपालबीच हवाई सम्झौता

नेपाल सरकार र युरोपेली मुलुक स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा सम्झौता भएको छ । हालै मात्र नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको हो ।  

नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको नागरिक उड्डयन महाशाखाका प्रमुख बुद्धिसागर लामिछानले दुवै मुलुकबीच सातामा २८ उडान हुनेगरी हवाई सेवा सम्झौता भएको बताएका छन्  ।

प्रमुख लामिछानेका अनुसार ती उडानमध्ये काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढीमा १४ वटा र बाँकी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नुपर्ने बताईएको छ । जसमा द्विपक्षीय हवाई सेवा सम्झौतामा दुवै देशका एयरलाइन्सलाई उडान गर्न तोकिएको छ ।

अहिलेको लागि दुई–दुई वटा एयरलाइन्स तोकिएका छ भने आवश्यक अनुसार थप्न सकिने प्रावधान रहेको छ । तेस्रो मुलुकमा उडान गर्नसक्ने ‘थर्डकन्ट्री कोड सेयर’ को प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको बताईएको छ ।

हालसम्म स्विट्जरल्यान्ड सहित नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या ४२ पुगेको छ । यसअघि गत मङ्सिर १९ गते नेपाल सरकार र रुवाण्डा सरकारबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर गरिएको थियो । मन्त्रालयले अन्य केही मुलुकसँग पनि द्विपक्षीय हवाई सेवा सम्झौताका लागि प्रक्रिया अघि बढिरहेको बताएको छ ।