Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

चीन-नेपाल मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित

२८ आइतबार , माघ २०८०६ महिना अगाडि

चीन-नेपाल मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित

शनिबार चिनियाँ नयाँ वर्षको अवसरमा दशरथ रंगशालामा आयोजित चीन-नेपाल मैत्रीपूर्ण फुटबल खेलमा नेपालले जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाली टिमले ५-१ गोलको फराकिलो अन्तरले चीनलाई हराउदै जित हासिल गरेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उद्घाटन गरेको खेलमा नेपाली युवा फुटबल टिम र चिनको छिङघाई युवा फुटबल टिम बीच प्रतिस्पर्धा भएको थियो । अध्यक्ष तिमल्सिनाले कार्यक्रमलाई सम्बोधन गर्दै खेलमा जुनसुकै टिमको जितहार भए पनि नेपाल–चीन बीचको सम्बन्न्धले जित्ने बताएका थिए ।

चिनियाँ नयाँवर्षको अवसरमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सङले दुई देशको सम्बन्धलाई प्रगाढ बनाउने क्रममा नयाँ वर्षका अवसरमा फुटबल आयोजना गरिएको बताएका थिए । दशरथ रंगशालामा आयोजित कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।  

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ लगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । काठमाडौँस्थित चिनियाँ राजदूतावास र राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा खेल आयोजना भएको थियो ।