Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

त्रिवि र युइएसटिसी बीच सहकार्य गर्न ५ वर्षे सम्झौता

१२ शुक्रबार , माघ २०८०६ महिना अगाडि

त्रिवि र युइएसटिसी बीच सहकार्य गर्न ५ वर्षे सम्झौता

त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक्स साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी) बीच सहकार्य आदाप्रदानका लागि सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार त्रिविका निमित्त उपकुलपति डा. शिवलाल भुसाल र युइएसटिसीका कुलपति जेङ्गयोङ्गले हस्ताक्षर गर्दै पाँच वर्षका लागि सम्झौता गरेका हुन् ।

दुई देशका अधिकारीहरुले सहकार्य आदाप्रदानका विषयमा समझदारीपत्रमा हस्ताक्षर गर्दै यसले विभिन्न सम्भावनाको ढोका खोलेको भन्दै आगामी दिनमा दुई विश्वविद्यालयका बीचमा घनिभूत सहकार्य हुने विश्वास व्यक्त गरेका थिए । सम्झौताका लागि पहलकर्ता प्रा. चिरञ्जीवी खनालले दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समझदारी भएको पनि बताएका छन् ।

त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा बिहीबार भएको सम्झौताको साक्षीमा त्रिविबाट आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख प्रा. खनाल र युइएसटिसीका प्राध्यापक हाङ्होङ रहेका छन् । सम्झौतापछि त्रिविका निमित्त उपकुलपति भुसालले यसले विभिन्न सम्भावनाको ढोका खोलेको बताएका थिए भने युइएसटिसीका प्रतिनिधि प्राध्यापक हाङहोङले आफ्नोतर्फबाट अध्ययन र अनुसन्धानका क्षेत्रमा सक्दो सहयोग गर्दै ज्ञान र सीपको पनि आदानप्रदान हुनुपर्ने बताएका छन् ।

सम्झौता पछी दुवै विश्वविद्यालयका बीचमा दीर्घकालीनरूपमा सहकार्य गर्न समानता र लाभको पारस्परिकताका सिद्धान्तमा आधारित आपसी हित र शैक्षिक सहयोगलाई सफल पार्ने जनाईएको छ । सम्झौतासँगै विद्वान, अनुसन्धानकर्ता र शिक्षण कर्मचारीको आदानप्रदान हुने र विद्यार्थीहरूको समेत आदानप्रदान हुनुका साथै संयुक्तरूपमा कार्यशाला र सङ्गोष्ठीको आयोजना हुने बताईएको छ ।