Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

बलात्कारी साउदी कुटनीतिज्ञलाई कारवाही भएन

०६ सोमबार , पौष २०७२१० बर्ष अगाडि

सत्तामा बस्ने दलहरुलाई सत्ता नै प्यारो छ, विपक्षमा बस्नेहरुलाई सत्ताको हतारो छ। परराष्ट्र मन्त्रालय र स्थायी सरकार अर्थात निजामती प्रशासनमा बस्नेहरुलाई राजनीतिक संरक्षणमा भ्रष्टाचार गर्दैमा फुर्सद छैन। अनि भारतस्थित साउदी दूतावासका कुटनीतिज्ञले दुई नेपाली महिलालाई बन्धक बनाएर बलात्कार गरेको घटना पनि सामसुम हुनपुगेको छ। भन्नलाई प्रहरीले अनुसन्धान गरिरहेको भनिन्छ, कुनै पनि प्रहरी निकाय अनुसन्धान कहाा पुग्यो भन्नसक्दैन।
राम्रो जागीर लगाइदिन्छु भनेर एक नातेदार महिलाले ती दुई महिलालाई साउदी कुटनीतिज्ञलाई बेचिदिए। साउदी कुटनीतिक कर्मचारीले तिनलाई मुम्बई बाट श्रीलंका हुादै साउदी पुर्‍याएर फेरि मुम्बई नै ल्याएर बन्दी बनाएकामात्र होइनन्, बलात्कारको सिकार बनाइरहे। प्रहरी भन्छ– यी दुबै महिलासाग पासपोर्ट थिएन, नक्कली पासपोर्टमा लगिएको थियो। वर्क परमिट पनि थिएन र पैसा पाइन्छ भनेर यिनलाई मानव तस्करहरुले बेचेका थिए। साउदी दूतावासका मजिद नाम गरेको कर्मचारीले यिनलाई फर्काएपछि रहस्यको खुलासा भएको थियो। भारतीय प्रहरीले ती दुबै महिलाको साउदी कुटनीतिज्ञको निवासबाटै उद्धार गरेको हो।
समय लामो भइसक्यो। स्वास्थ्यजााचपछि पटक पटक सामुहिक यौन शोषण गरिएको पुष्टि पनि भइसकेको हो। भारतीय विदेश मन्त्रालयले कारवाही गरिने पनि बताएकै हो। माइती नेपालले दिल्लीस्थित नेपाली दूतावास पनि गुहारेको थियो। तर, समय बित्यो, न नेपाली दूतावास यसबारे केही बताउन सक्छ, न प्रहरी। परराष्ट्र मन्त्रालयले त केही बताउनै चाहेन। नेपाली महिलाहरु नेपालमा हिंसा पीडित छन्, राम्रो कमाईका लागि विदेश जाादा पनि शोषणमै पर्ने गरेका छन्। लोकतन्त्र छ, लोकसरकार छ। लोकको संरक्षण भने देश विदेश कतै छैन।