ब्यूटिफूल स्टोर फाउण्डेशन कोरियाले नेपालमा चिसो बढेपछि भूकम्पपीडितप्रति मैत्रीभाव देखाएको छ। नेपाल सरकारलेभन्दा पहिले ठण्डीबाट बच्न र बालबालिकाबृद्धलाई बचाउन कोरियाले रसुवाको यार्सा गाउा पुगेर १ हजार ३२ घरका भूकम्पपीडितलाई सिरक बितरण गरेको हो। त्यसै पनि नेपाल–कोरियावीच मीठो सम्बन्ध छ। त्यसमाथि कोरियाले नेपाली जनतालाई चिसोबाट बचाउन जुन प्रकारको मानवीय सहयोग गरेको छ, त्यो प्रशंसनीय छ।