Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

किन जारी गरियो ट्राभल एड्भाइजरी ?

०९ सोमबार , पौष २०८०एक बर्ष अगाडि

किन जारी गरियो ट्राभल 
एड्भाइजरी ?

काठमाडौं । अमेरिकाले एकाएक आफ्ना नागरिकलाई सावधानी अपनाउने नाममा ट्राभल एड्भाइजरी जारी गरेपछि नेपाली राजनीतिक र कूटनीतिक बृत्तमा चिकै चासो बढेको छ । यस सम्बन्धमा चिनियाँ प्रभावमा रहेकाहरूले अमेरिकी राजदूतलाई बोलाएर परराष्ट्रले जानकारी लिनुपर्नेसम्मका सुझाव दिइरहेका छन् । तर परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।
अमेरिकाले नेपाल भ्रमण गर्न चाहने आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन लेभल २ को ट्राभल एड्भाइजरी जारी गरेको हो । एड्भाइजरीमा भ्रमण तय भएकाले एक्लै पदयात्रा वा आरोहण नगर्न, नेपाल सरकारका पदाधिकारीका साथमा हिड्न र दूतावासको सम्पर्कमा रहन सूचित गरेको छ । कारणमा उल्लेख छ– नेपालमा अझै पृथक् राजनीतिक हिंसाको सम्भावना रहेको छ । अमेरिकाले नेपालमा ‘जोखिमका सूचकहरूको आवधिक समीक्षापछि पछिल्लो ट्राभल एडभाइजरी जारी गरिएको हो’ भनिएको छ । यसअघि अमेरिकाले असार ८ मा पनि यस्तैखाले एड्भाइजरी जारी गरेको थियो ।
भूकम्पपछि पीडितमाथि सरकारले उचित संरक्षण नदिएका कारण बढेको असन्तुष्टीका कारण, राजनीतिक बढ्दो बिबाद अथवा अस्थिरताका कारणले मात्र अमेरिकाले एड्भाइजरी जारी गरिएको होइन भन्छन् विज्ञहरू । यस्तो एडभाइजरीले नेपालको पर्यटन क्षेत्रमा राम्रो सन्देश नजाने विज्ञहरूको धारणा छ । तर किन यस्तो एडभाइजरी आयो, भित्रीकारण अस्पष्ट नै रहेको छ ।
‘यहाँ अहिले त्यस्तो केही पनि घटना भएजस्तो देखिँदैन । राजनीतिक दलहरूले आ–आफ्नै सभा गर्छन् र आ–आफ्नै बाटो लाग्छन् । एड्भाइजरी नै किन जारी गर्नुपरेको हो, पूर्वराजदूतहरूले प्रश्न उठाएका छन् । नेपालमा त्यस्तो खतरनाक कुनै पनि घटना भएका छैनन् । छिटफुट धार्मिक विवाद सामान्य हो । अन्डर कन्ट्रोलमै छन् । राजनीतिक द्वन्द्व हिंसात्मक भइसकेका छैनन् । तर नेपालमा दुस्प्रभाव पार्नेगरी एड्भाइजरी आयो । छिटोभन्दा छिटो यस्तो एड्भाइजरी सच्याउन नेपालले अमेरिकालाई अनुरोध गर्नु उचित हुनेछ । हुन त, बिनाकारण अमेरिकाजस्तो मुलुकले यसखालको ट्राभल एड्भाइजरी जारी गर्ने गर्दैन । ठूलै घटनाको संकेत पनि हुनसक्छ ।