Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, असार २०८२16th June 2025, 6:20:04 am

मरेतुल्य सार्क दिवसमा उपराष्ट्रपति सहभागी

०४ बुधबार , पौष २०८०२ बर्ष अगाडि

मरेतुल्य सार्क दिवसमा उपराष्ट्रपति सहभागी

काठमाडौं । सत्ताप्रमुख प्रम प्रचण्ड बोल्दैनन्, संसदमा चर्चा हुँदैन, वर्षौंदेखि मरे बाँचेको खोजखबर नभएको सार्क सचिवालयमा बंगलादेश कूटनीतिज्ञ मो. गोलाम सरवार नियुक्त भएर आउपछि उनले मंसिर २८ मा आयोजना गरेको सार्क चार्टर डेको कार्यक्रममा उपराष्ट्रपति सहभागी भएका छन् ।
सन २०१४ देखि सार्कको नेपाल अध्यक्ष छ । २०१६ मा पाकिस्तानमा हुनुपर्ने सार्कको १९औं शिखर सम्मेलन भारत र पाकिस्तानवीचको काश्मिर मुद्दाका कारण भारतका कारण क्यान्सिल भयो । त्यसपछि सार्क सम्मेलन हुन नदिन भारतले भाँजो आल्दै आएको छ । अध्यक्ष नेपालले सार्कलाई सक्रिय पार्न सकेको छैन । नेपालमा सार्क सचिवालय छ, महासचिव पनि छन् तर सार्क सम्मेलन हुने कुनै लक्ष्यण देखिदैन ।
हुन त यही दिसम्बरको ७ र ८ मा सार्कको १६औं गभर्निङ बोर्ड मिटिङ श्रीलंकामा र अन्य बैठकहरू भुटान, श्रीलंकामा भएका छन्  तर सार्क सदस्य राष्ट्रहरूको सकृय सहभागिता र सार्क शिखर सम्मेलन गर्ने मतो अझै मिलिसकेको छैन । ५ अगस्त २०१९ मा भारतले संविधानको धारा ३७० हटाएर जम्मुकाश्मिरलाई भारतमा बिलय गराएपछि काश्मिर मुद्दाले भारत र पाकिस्तानवीच झन ठूलो दरार उत्पन्न भएको छ । हालै भारतको सर्वोच्च अदालतले त्यो बिलयलाई स्वीकार गरेको भए पनि पाकिस्तानको सर्वोच्च अदालतले अस्वीकार गरेपछि भारत र पाकिस्तानवीचको काश्मिर मुद्दा झन चर्केर गएको छ । भारतले बिलय गराएका क्षेत्रमा समेत जनअसन्तुष्टि बढेर गएको देखिन्छ । यही काश्मिर मुद्दाका कारण सार्क सदस्यद्वय भारत र पाकिस्तानवीच मतभिन्नता बढेकोले सार्क छायाँमा पर्दै गएको छ । कुनै पनि हालतमा सार्कलाई ब्यूँताउन भारत तैयार देखिदैन ।
यसकारण सार्कलाई भारतले मारेको आरोप लागेको छ । भारतले चाहेको भए कुनै पनि बेला सार्क शिखर सम्मेलन हुनसक्छ । नेपालले पनि चासो नराख्नु, सक्रियता नदेखाउनुका कारणले पनि सार्क छायाँमा पर्दै गएको हो । सार्क दक्षिण एसियाको समृद्धि, शान्ति, भाइचारा र आपसी हितका लागि राजा वीरेन्द्रको समेत नेतृत्वमा गठन भएका कारणले पनि गणतन्त्रवादीहरू भारतका पछि लागेका हुन् ।
बीआरआई र एमसीसीको स्वागत गर्ने, सार्कलाई सिध्याउने यो कस्तो कूटनीति हो, बुझ्न सकिन्न ।