Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

अमिर शेखको निधनमा आधा झण्डा झुकाउने निर्णय

०२ सोमबार , पौष २०८०२ बर्ष अगाडि

अमिर शेखको निधनमा आधा झण्डा झुकाउने निर्णय

नेपाल सरकार गृह मन्त्रालयले कुवतेका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको निधनमा आधा झण्डा झुकाएर शोक मनाउने निर्णय गरेको छ । अमिर शेखको निधन प्रति मन्त्रालय गहिरो दुःख व्यक्त गर्दै आधा झण्डा झुकाएर शोक मनाउने निर्णय गरेको हो ।

मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने बताएको हो । सोमबार देशभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली दूतावास र नियोगमा आधा झण्डा झुकाउने निर्णय गरेको छ ।

कुवेतका अमिर अल सबाको मङ्सिर ३० गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।