Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

२९ शुक्रबार , मंसिर २०८०एक बर्ष अगाडि

तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

नेपालका लागि तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवन शीतलनिवासमा श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसमक्ष बेग्ला–बेग्लै आयोजित विशेष समारोहमा उनीहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । 

राष्ट्रपतिसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका आवासीय राजदूत सुधार्सना के पथीराना, गणतन्त्र पनामाका गैरआवासीय राजदूत यसेल एलानिस बुलियो रिभेरा र बेल्जियम अधिराज्यका गैरआवासीय राजदूत डिडेर आना एल भान्डेरसेल्टले ओहोदाको प्रमाणपत्र पेश गरेको बताईएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुतिका निम्ति आयोजित विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । त्यसअघि नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्‍याडिसनदेखि राष्ट्रपति भवनसम्म बग्गीमा सवार गराइएको थियो ।