Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

तालिवानलाई मान्यता दिने चीन पहिलो

२१ बिहिबार , मंसिर २०८०एक बर्ष अगाडि

तालिवानलाई मान्यता दिने चीन पहिलो

काठमाडौं । तालिावनी सरकारले चीनका लागि नियुक्त गरेको राजदूत बिलाल करीमीलाई चीनले मान्यता दिएको छ । तालिवानी कूटनीतिज्ञलाई मान्यता दिने चीन पहिलो राष्ट्र बनेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता बाङ वेनबिनलाई गतहप्ता मंगलबार मिडिया ब्रिफिङको क्रममा चीनले तालिबानलाई वैधानिक सरकारको रुपमा मान्यता दिन्छ कि दिँदैन भनेर प्रश्न सोधिएको थियो । यो प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तान लामो समयदेखि चीनको मित्रवत सम्बन्ध छ । अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बेदखल गर्नु हुँदैन ।’
यसअघि चीनले तालिबानद्वारा नियुक्त बिलाल करीमीलाई राजदूतको दर्जा दिएको र उनले आफ्नो परिचयपत्र चीन सरकारमा पेश गरेको समाचार काबुलबाट सार्वजनिक भएको थियो । चीनले यसको पुष्टि गरेको छ ।
२०२१ को अगष्टमा अमेरिकी सैनिक फिर्ता भएपछि तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको थियो । तालिबान सरकारमा आएपछि अफगानिस्तानको काबुलमा दूतावास राख्ने चीन तेस्रो देश हो । चीन अघि पाकिस्तान र रुसले दूतावास राखिसकेका छन् ।
भारतले अफगानिस्तानको दूतावास बन्द गरेपछि चीनले अफगानिस्तानको राजदूतलाई स्वागत गरेको छ । अफगानिस्तानले भारतमा दूतावास राख्न लविङ गरिरहेको छ ।