Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

सफल होला लगानी सम्मेलन ?

१२ बुधबार , बैशाख २०८१११ दिन अगाडि

सफल होला लगानी सम्मेलन ?

काठमाडौं । १६ र १७ गते लगानी सम्मेलनको तैयारी गर्दैछ सरकार । के के न हुन्छ भनिए पनि जानकारहरू भन्छन्– ०८१ मा के हुन्छ ? २०८० जस्तै हुन्छ । केही लगानीकर्ता र राजदूतहरूले लगानी गर्ने बचन दिन्छन्, लगानी गर्ने वातावरण नभएकाले लगानी आउनेछैन । नयाँ उद्यम स्थापना र रोजगारीको सिर्जना हुने सम्भाबना कम छ । हरेक देशले योग्यता अनुसारको नेता पाउँछन््, जनताले नेताको हरेक अपराधलाई माफी दिएपछि हुने भ्रष्टाचार नै हो । जुन देशमा खुलेआम भ्रष्टाचार हुन्छ, दण्डहीनता हुन्छ, त्यो देश बन्दैन ।
योग्यता बढाउने पहल छैन । नैतिकताको मूल्य स्थापित गर्ने प्रयत्न छैन । छाडापन बढेपछि चितवनको ध्रुवे हात्तीले जस्तो लथालिङ्ग पार्ने हो । राज्य र समाजका ठालुहरू आत्मघाती बनेका छन् । आत्मघातीहरू जसरी आफू बिग्रन्छन्, देश बिगार्छन् । राजदूतहरू भन्दैछन्– सम्मेलन हुन्छ, लगानी आउँछ भन्न सकिन्न ।