Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

भारतमा नेपाली आईडी !!

२२ मंगलबार , फाल्गुण २०८०२ महिना अगाडि

भारतमा नेपाली आईडी !!

 सुरेशकुमार पाण्डे - - -
नेपाली नागरिकता, भोटकार्ड, पासपोर्ट लगायतका आइडीबाट नेपालीहरूले सिमकाड पाउने समाचार नेपाली राजदुतले ट्युट गरेर जानकारी दिएका छन् । बुद्धिजीवी, लेखक बिष्लेषकहरूलाई छलफलको मौकापनि मिलेको छ । कसै–कसैले आफ्नो सङ्घर्षको परिणाम भनेर यसको श्रेय पनि लिने प्रयात्न भएको देखिन्छ । आखिर यसबाट कसलाई बढि फाइदा होला ? अहिले छलफलको बिषय यही नै हो । वास्तमा यो कुनै उपलब्धि होइन । वास्तवमा नेपालीहरू धार्मिक कृयाकलापको लागि ठूलो संख्यामा भारत जाने गर्दछन् । भारतमा हजारौंको संख्यामा सिमकार्डको व्यापार बढ्नेछ ।
अहिले सम्म सिमित रूपमा भ्रमण गर्ने नेपालीहरूले भारतिय आधारकार्ड पेनकाड नहुँदा प्राप्त गर्न सकेका थिएनन् । तर अहिले नेपालकै आइडीबाट सिम काड प्राप्त हुने भएपछि निश्चित रूपमा प्रयवटकहरूलाई सहुलियत पनि भयो तर त्यो बाहिरबाट हेर्दा फाइदाको बिषय लाग्न सक्छ । त्यसको आन्तरिक पक्ष कस्तो छ ? ती प्राप्त गरेका सिमकार्ड केही दिन चलाएर त्यो उनिहरू देश फिर्ता आउँदा वेकार नै हुन्छ । बरू यसबाट केही हदसम्म यसको दुरूपयोग हुने खतरा छ ।
भारत सरकारले नेपाली आइडीबाट आधारभूत आवस्याकता जस्तै ड्राइवरी लेसन्स, एल पि जी ग्यास, सरकारी अस्पतालमा उपचार, बैंक खाता र आधारभुत आवस्यकताका समानहरू दिन सरकारले राज्यहरूमा निर्देशन गर्नुपर्दथ्यो । ताकी नेपालीहरूको लागि सजिलो हुनेथियो । सन १९५० को मैत्री तथा शान्ति सन्धिको धारा सात अनुसार यसो गर्न भारत सरकारलाई नेपालको सरकारले दवाब दिनसक्छ । त्यो मात्र होइन भारतबाट अबकास प्राप्त भएका कर्मचारीहरूलाई नेपालमै पेन्सनको व्यवस्था गर्न समेत सरकारले पत्र लेख्नुपर्थ्यो । दवाब दिनु पर्दथ्यो ।
हामीले सुरूदेखि नै सन १९५० को असमान सन्धि खारेजीको माग गर्दै आएका छौँ । त्यो मात्र होइन जहिलेसम्म सन्धि खारेज हुँदैन, त्यो वेलासम्म सन्धिनुसार त्यसमा प्रचलित अधिकारको अनुसारको सुबिधाको माग लगातार गरिंदै आएको हो । भारत र नेपालमा आउँदा जादा नेपालीहरू माथि असामाजिक तत्वहरू र स्वयम प्रशासनको मिलिभगतमा नेपालीहरू माथि अमानवीय व्यवहार गरिन्छ, लुट पिट गर्ने र नेपाली महिलामाथि दुरव्यवहार गर्ने गरिन्छ । नेपाल र भारत बिच खुला सिमानाका कारण वेरोकटोक आवत जावत गर्दा कति संख्यामा भारतिय नेपालमा आएका छन् र कति नेपालीहरू भारतमा पुगेकाछन् । अपराधमा सलङ्गन भएका असमाजिक तत्वहरूको पनि घुसपैठ हुनेगर्दछ । सरकारले यस्तो व्यवहारमा रोक लगाउनुपर्छ । नेपालमा केहि वर्ष पहिले भिखारीहरू हुँदैनथिए । अचेल भारतका बिभिन्न ठाउँबाट भिखारी र झोला छाप बाबाहरू समेत धमाधम भित्रिंदैछन् ।
भारतमा नेपाली भाषाका लागि लामु समय करिव३६वर्ष सम्म त्यँहाका नेपालीहरूले शङ्घर्ष गर्नुपर्यो । त्यो शङ्घर्ष गरेपछि २०अगस्थ सन् १९९२मा बल्ल नेपाली भाषाको मान्यता प्राप्त गर्न सकेका हुँन । त्यो नेपाली भाषालाई भारता यहाँका जमिन सँग गएका नेपाली हरूको पक्षमा सर्वप्रथम सन् १९५६ देखि देहरादुनबाट प्रकाशित हुँने ‘जाग्रत गोर्खा’ पत्रिकाका संपादक आनन्दसिहँ थापाबाट आवाज उठाइएको थियो ।लामू समयको शङ्घर्ष पछि ७१औँ सम्बिधान सोंसधानपछि सम्विधानको आठौँ अनुसूचीमा सामिल भारतिय संसदका ३४३ सांसदहरूको समर्थनमा सामिल गरिएको थियो । यद्यपी जमिनसँग गएका नेपालीहरूलाई तुरून्तै उनिहरूले आफ्नो भाषा संस्कृती पाउँनु नैसङ्गिक अधिकार हो ।तरपनि भारत मूलका नेपालीहरूले ठूलो र ऐतिहासिक सङ्घर्षको परिणाम नेपाली भाषा लागु गरेको थियो । त्यो पनि गोरखा राज्यको मागले चर्को रूप धारण गरेपछि । गोर्खाल्याण्ड दार्जिलिङ्ग क्षेत्रलाई पश्चिम बंगाल राज्य अन्तर्गत नै राखि सिमित रूपमा स्वायत्तता दिनेगरी दार्जिलिङ्ग गोर्खा पर्वतिय विकास परिषद गठन गर्नेगरी गोर्खाल्याण्ड  सम्झौता भयो । त्यो सम्झौतामा २२ अगस्त सन् १९८८ मा तत्कालिन गृहमन्त्री बुटासिंह र पश्चिम बंगालका मुख्यमन्त्री ज्योतिबशुको उपस्थितिमा गोर्खा नेशनल लिबरेशन फ्रंटका नेता सुभाष घिसिंग र भारतिय गृहसचिव सीपी सोमैपाले हस्तक्षर गरेकाथिए । यद्यपी त्यो आन्दोलन गोर्खा राज्यको स्थापनाको लागि लामू समयदेखि चल्दैआएको थियो ।
भारतमा अहिले पनि नेपालीभाषीहरूसँग सौतेला व्यवहार गर्दै आएको आसाम, मेघालय लगायतका पूर्वउत्तर राज्यहरूमा देखिन्छ । नेपाल मूलका भारतिय नागरिकहरूको आजपनि समस्या ज्यौंका त्युँ छ । केही वर्ष पहिले आसाममा सवा लाख भारतिय नेपालीहरूले नागरिकता नपाएका र नागरिकताको कम्तिमा बाह्र आइडी देखाउनु पर्ने भनेर उनिहरूलाई राष्ट्रिय परिचय पत्र दिन रोक लगाएको थियो । यसरी नेपाल मूलका भारतिय नागरिक जो जमिन सँग गएका हुँन उनिहरू मध्यकै पनि भारतमा भविष्य अनिश्चित देखिन्छ । सन १९८६ मा पनि आसाम मेघालयबाट नेपालीहरूलाई अमानविय ढङ्गबाट लखेटेको घटना अहिले पनि ताजै छ । आसाममा त्यहांको रैथाने बोडोहरूले उग्र रूपमनेपालीहरूमाथि प्रहार गर्दै आएका छन् ।
भारतमा अहिले पनि विकासिल राज्यहरू र आर्थिक अवस्थामा कमजोर राज्यहरू बिचमा आपसमै ठुलो बिभेद देखिन्छ । जस्तै पञ्जाब र विहार बिचको उदाहारणले पुष्टी गर्दछ । बिहारबाट पञ्जाबमा गएका मजदुरहरूलाई ‘भैया भन्दै’ उपहास गर्छन् । नेपालीहरू त छुट्टै देशका हौँ । नेपालीलाई सुरू सुरूमा सम्मान गरेर बहादुर भन्निन्थ्यो । अहिले अपमान गरेर बाँदर भन्ने गर्दछन् । भारतले नेपाललाई आफ्नो अधिनस्त एउटा प्रान्त भन्दा फरक देखेकै छैन् । उसले सिमाना अतिक्रमण देखि लिएर भाषा पहिरन, संस्कृती सम्ममा अतिक्रमण गर्दै आएको छ ।
कहिले सिता भारतमा जन्मिएको भन्छ, कहिले गौतम बुद्धलाई भारतमा जन्मिएको देखाउन भारतले लगातार प्रयात्न गर्दै आएको छ । कुनै वेला फिजीलाई मिनि इण्डिया भन्निन्थ्यो अहिले नेपालको अवस्था मिनि इण्डिया भन्दा फरक छैन ।
बुद्धको बारेमा भ्रम छर्ने काम भएको छ । कसैले वर्मामा कसैले श्रीलङ्का आदिमा बुद्ध जन्मिएको देखाउन खोजिएको छ । कतिपय ठाउँहरूमा नेपालमा बुद्ध जन्मिएको र नेपाल भारतको प्रान्तको रूपमा देखाउन खोजिएको पनि देखिन्छ । केही वर्ष अंघि एउटा हिन्दी चलचित्रका लेखकले पनि नेपाललाई भारतको एक हिस्सा बताएका थिए । उक्त चलचित्रमा सितालाई भारतमा जन्मिएको देखाइयो । भारतको इसारामा बुद्ध नेपालमा जन्मिएको होइन् । भारतीय भूमि हो भनेर प्रचार गराइएको छ ।
सबैलाई थाहा भएकै कुरा हो शिद्धार्थ गौतम बुद्धको जन्म इ.पू.५६३ मा लुम्बिनी कपिलबस्तुको तिलौराकोटबाट देवदह जाँदा बिचमा पर्ने लुम्विनी भन्ने बनमा भएको थियो । २९ वर्षमा बुद्धत्व प्राप्त गरेर ८० वर्षको उमेरमा मृत्यु भयो ।
भारतिय नयाँ संसद भवनमा नेपालको कपिलबस्तुलाई राख्नु त्यसैको आर्को कडी हो । अहिले चीन समेतले कालापानीलाई भारतको नक्सामा देखाउन खोज्नुलाई सामन्य लिनु भूल हुनेछ । केही ठाउँमा चिनिया र जापानी भाषामा पनि बुद्ध जन्मिएको भूभाग भारतमा भनिएको छ । रामदेवले पनि भारतमै बुद्ध जन्मिएको आफ्नो जिवनीमा लेखाएको कुरा प्रकासमा आएको छ । यी सबै भारतीय कुकृत्य नेपाललाई अधिनस्त राख्ने भारतीय हसतक्षेपका नमूना हुन् ।
सावधान ः सिक्किम खाने बाघले नेपाल भुटानलाई नखाला भन्न सकिदैन ।
यस्तो अवस्थामा विदेशस्थित नेपाली देशभक्तले गौतम बुद्धलाई नेपालमा जन्मिएको भन्दै अभियान चलाउनुु अत्यन्तै सकारात्मक बिषय हो । संसारका बिभिन्न देश पुगेका नेपालीले बुद्ध नेपालमा जन्मिएको अभियानले देशहितमा ठूलो काम गरेको छ । एउटा सिमकार्ड नेपाली आइडिबाट प्राप्त गर्दैमा हाम्रो समस्या सुल्झिएको सम्झिनु हुंदैन । बरू सचेत र सजग हुन जरूरी देखिन्छ ।