Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी

०९ आइतबार , बैशाख २०८११४ दिन अगाडि

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक जारी

शनिवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलेद्धारा औपचारिक रुपमा शुभारम्भ गरिएको परिषद् बैठक आज पनि निरन्तर चल्ने भएको हो ।

शनिबारको बैठकमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेस गरेका थिए । केन्द्रीय सदस्यसहित झन्डै २ हजार ४ सय ५४ जना प्रतिनिधिहरू सहभागी भएको बैठक आज पनि निरन्तर चल्ने बताईएको छ ।  

आजको महाधिवेशन प्रतिनिधि परिषद बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि समूहगत छलफल हुने बताईएको छ । बैठकको दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीकोतर्फबाट राजनीतिक,महासचिव शंकर पोखरेलकोतर्फबाट सांगठनिक र विभिन्न केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफलको कार्यसूची तय गरिएको छ ।

२ हजार ४ सय ५४ जना प्रतिनिधिहरूलाई ४ समुहमा विभाजित गरि प्रतिवेदनमाथि छलफल गर्न लागिएको आजको बैठकमा केन्द्रीय अनुशासन आयोग,केन्द्रीय लेखा आयोग,केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का प्रतिवेदनमाथि पनि छलफल हुने बताईएको छ ।