Advertisement Banner
Advertisement Banner

२४ सोमबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

अहिलेको गठबन्धनले माघ काट्दैन : महामन्त्री थापा

०९ आइतबार , बैशाख २०८११५ दिन अगाडि

अहिलेको गठबन्धनले माघ काट्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले-माओवादीको गठबन्धनले आउदो माघ महिना नकाटने दाबी गरेका छन् । बैशाख १५ गते हुने उपनिर्वाचनक लागि इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्न पुगेका महामन्त्री थापाले उक्त कुरा बताएका हुन् ।

महामन्त्री थापाले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताउदै अहिलेको एमाले-माओवादीको गठबन्धनले २०८१ को माघ नकाट्ने बताए । यदि गठबन्धनले माघ कटाएमा आफु अहिलेकै ठाउमा उभिएर जवाफ दिने बताएका थिए ।

उनले इलामको चुनाव गठबन्धनको राजनीतिक भविष्यसँग जोडिएको र चुनावमा गठबन्धनको राजनीति गलत हो भन्ने इलामले स्थापित गर्ने बताए । यसअघि गठबन्धन गरेर चुनाव लडेको हुनाले आगामी निर्वाचनमा संगै रहने चाहाना भएपनि त्यसो नभएको हुँदा एक्ला एक्लै चुनाव लड्नुको बिकल्प नरहेको उनको भनाई रहेको थियो ।

उनले आज एमाले र माओवादी जोडिएर फेरि आएको बताउदै चुनावअघिको गठबन्धन मतदातालाई धोका र बेइमानी भएको समेत टिप्पणी गरेका थिए ।