Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

बागमती प्रदेशको सरकारी कार्यालयमा तीन भाषा प्रयोग हुने

२३ आइतबार , बैशाख २०८११४ दिन अगाडि

बागमती प्रदेशको सरकारी कार्यालयमा  तीन भाषा प्रयोग हुने

यहि सोमबारदेखि लागु हुनेगरी बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा  तीन भाषा प्रयोगमा ल्याउने भएको छ । सोमबारदेखि नेपाली भाषा, नेपाल भाषा(नेवारी) र तामाङ  भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग ल्याइने भएको हो ।

यसभन्दा अघि नेपाली भाषा मात्र  सरकारी कार्यालयमा प्रयोग हुँदै आएकोथियो । भोलि सोमबार काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहालले यसको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको बागमती प्रदेश सरकारले जानकारी दिएको छ ।

सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कार्यालयमा औपचारिक रूपमा सुरुवात गर्न लागेको बताईएको छ । तीन भाषा एकैसाथ प्रयोग हुन लागेको खुसीयालीमा  प्रदेश सरकारले आफू मातहताका  सरकारी कार्यालयमा बिदा दिने निर्णय समेत गरेको छ ।

प्रदेशमा नेपाली भाषा बाहेक अन्य भाषालाई कामकाजी भाषाको रूपमा प्रयोग गर्न लागिएको यो पहिलो पटक हो । तीन भाषा एकैसाथ सरकारी कामकाजी भाषाका रूपमा लागु गर्न सोमबार बिहान काठमाडौँको वसन्तपुरमा औपचारिक  घोषणाको तयारि गरिएको छ ।