Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

आजदेखि शुक्रबारसम्म विभिन्न स्थानमा बिजुली अवरुद्ध

२३ आइतबार , बैशाख २०८११४ दिन अगाडि

आजदेखि शुक्रबारसम्म विभिन्न स्थानमा बिजुली अवरुद्ध

आजदेखि आगामी शुक्रबारसम्म नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जनाएको छ । काठमाडौँको विभिन्न स्थानमा विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले विद्युत् अवरुद्ध हुने भएको हो ।  

जस अन्तर्गत कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरूका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले सेवा अवरुद्ध हुने भएको हो । उक्त केन्द्रहरुबाट वितरण हुने विद्युत् लाइन अवरुद्ध हुनेछ ।

आजदेखि आगामी शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।