Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

आजदेखि पत्रकार महासंघको २७ औँ महाधिवेशन शुरू

२१ शुक्रबार , बैशाख २०८११६ दिन अगाडि

आजदेखि पत्रकार महासंघको २७ औँ महाधिवेशन शुरू

आजदेखि नेपाल पत्रकार महासंघको २७ औँ केन्द्रीय महाधिवेशन शुरू हुँदैछ । आज र भाेली दुइदिनसम्म चल्ने केन्द्रीय महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

काठमाडौँकाे राष्ट्रिय सभागृहमा हुने महाधिवेशनका लागि देशभरबाट पत्रकारहरू काठमाडौंमा आइसकेकाे बताइएकाे छ । महासंघको विधान बमोजिम साधारण सभा तथा महाधिवेशन आगामी जेठ १९ गते हुने भएकाे छ ।

महाधिवेशनमा महासचिव रोशन पुरीको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रतिवेदन माथि छलफल हुनेछ । साथै, आमसञ्चार क्षेत्रको समसामयिक समस्या, चुनौती र सम्भावनालाई समेत महाधिवेशनमा छलफलको विषय बनाउने र निष्कर्षमा पुग्ने महासंघकाे तयारी रहेकाे छ ।

यसअघि हिजाे बसेको महासंघको केन्द्रीय कार्यसमितिको बैठकले जेठ १९ गते केन्द्र, प्रदेश र जिल्ला शाखाहरूको निर्वाचन गर्ने गरि मिति तोकेको छ । 

महासंघले २६ औँ महाधिवेशनदेखि नै प्रत्यक्ष निर्वाचनको अभ्यास गर्दै आएको र महासंघको नेतृत्व चयनका लागि देशभरका सबै साधारण सदस्यले मतदान गर्न पाउने व्यवस्था रहेकाे छ ।

आजको २७ औँ केन्द्रीय महाधिवेशन शुरू हुनु अघि शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकाल्ने कार्यक्रम समेत रहेको छ ।