Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

२० बिहिबार , बैशाख २०८११७ दिन अगाडि

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

गए राति धादिङमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ । धादिङ थाक्रे गाउँपालिका–५, गैरिखर्कमा राति करिब साढे ११ बजे आगलागी हुँदा ७० वर्षीय तेजबहादुर लामा र उनको श्रीमती ठूली तामाङको मृत्यु भएको हो ।

प्रहरी र स्थानीयको सहयोगमा राति साढे १२ बजे आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीमा मृत्यु भएका लामा दम्पतीको छोराछोरी काठमाडौंमा बस्दै आएको बताईएको छ । ढुंगामाटो र जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीको भनाई छ ।