Advertisement Banner
Advertisement Banner

०६ आइतबार, जेठ २०८१17th April 2024, 11:33:48 am

साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क

२० बिहिबार , बैशाख २०८११७ दिन अगाडि

साउन १ गतेदेखि विद्युत् शवदाह निःशुल्क

आगामी साउन १ गतेदेखि पशुपति आर्यघाटस्थित विद्युत् शवदाह निःशुल्क गरिने भएको छ । निम्न आय भएका तथा गरिब व्यक्तिले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने हाम्रो उद्देश्यले शवदाहलाई निःशुल्क गर्ने निर्णय गरिएको हो । त्यस्तै सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको पनि  जानकारी पनि दिए ।

त्यसैगरी सदस्य सचिव डा थापाले सेतो सत्तल गुह्येश्वरीमा धार्मिक एवं सांस्कृतिक अध्ययन अनुसन्धानका लागि अन्तर्राष्ट्रियस्तरको पुस्तकालय निर्माण गर्ने निर्णय भएको पनि सचिव डा. थापाले जानकारी पनि दिएका छन्  ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज १४ गते सदस्य सचिव डा थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले मङ्गलबार सदस्य सचिव डा थापासहित डा प्रदीप ढकाल र अरुणकुमार श्रेष्ठ तीनै जनालाई सफाइ दिएको छ ।

पशुपतिनाथमा जलहरी राख्ने कार्यमा भ्रष्टाचार भएको भन्दै मुद्दा परेपछि निलम्बनमा परेका सदस्य सचिव डा. थापाले मङ्गलबार विशेष अदालतबाट सफाइ पाएपछि पुनः कार्यभार ग्रहण गरेका छन् ।