Advertisement Banner
Advertisement Banner

२३ आइतबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

आगलागीले दुई वटा बस्तीका ९७ घर जलेर नष्ट

१३ बिहिबार , बैशाख २०८११० दिन अगाडि

आगलागीले दुई वटा बस्तीका ९७ घर जलेर नष्ट

हिजो बुधबार दिउँसो भएको आगलागीबाट दुई वटा बस्तीका ९७ घर जलेर नष्ट भएको छ । महोत्तरीको मटिहानी नगरपालिका-६,जरलहवामा आगलागीले दुई वटा बस्ती नै जलेर खरानी भएको हो ।

मटिहानीको मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएको र उक्त हावाहुरीसंगै मियाँ टोल र नजिकको हत्ता टोल आगलागी भएको बताईएको छ । प्रहरीले संकलन गरेको तथ्यांकअनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएका छन् ।

बुधबार दिउँसोबाट लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको र आगलागीबाट ९७ घर जलेर नष्ट भएको र हाल क्षतिको विवरण संकलन गरिरहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् । आगलागी पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि पहल भइरहेको पनि उनले बताए ।

रेडक्रसले केही त्रिपाल वितरण गरेको भएपनि अन्य केही राहत सामग्री उपलब्ध गराउन नसकिएको र खानका लागि राति दालमोठ चिउरा वितरण गरिएको बताईएको छ । 

पिडितहरुका लागि नगरपालिकाले तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी गरेको र जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामाग्री जुटाइरहेको पनि प्रमुख जिल्ला अधिकारी गेलालको भनाई छ ।