Advertisement Banner
Advertisement Banner

२४ सोमबार, बैशाख २०८१17th April 2024, 11:33:48 am

वेस्ट इन्डिज क्रिकेट टोली नेपाल आइपुग्यो

१२ बुधबार , बैशाख २०८११२ दिन अगाडि

वेस्ट इन्डिज क्रिकेट टोली नेपाल आइपुग्यो

नेपालमा पाँच खेलको टी २० सिरिज खेल्न ‘वेस्ट इन्डिज ए’को क्रिकेट टोली नेपाल आइपुगेको छ । आज बिहान ‘वेस्ट इन्डिज ए’को क्रिकेट टोली नेपाल आइपुगेको हो ।

आज विहान नेपाल आइपुगेको वेस्ट इन्डिजको क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका क्रिकेट म्यानेजर विनाेद दासले स्वागत गरेका थिए । स्वागत लगत्तै उनीहरूलाई होटल तर्फ लगिएको बताईएको छ ।

आज विहान नेपाल आइपुगेको ‘वेस्ट इन्डिज ए’को क्रिकेट टोलीले आउदो २७ अप्रिल शनिबारका दिन नेपालको राष्ट्रिय टोलीसँग पहिलो टी २० खेल्ने कार्यतालिका रहेको छ । त्यस्तै अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

नेपाल आइपुगेका वेस्ट रोस्टन चेजको कप्तानीमा रहेको ‘वेस्ट इन्डिज ए’मा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित छन् । वेष्ट इण्डिज ए अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबैभन्दा उच्च स्तरको टोली हो भने सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघले जनाएको छ ।