banner
banner

खतरनाक मोडमा मुलुक

शाश्वत शर्मा - - 
खबर छ, राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि हालतमा नागरिकता विधेयक प्रमाणिकरण नगर्ने भएकी छिन् । उनको राजनीतिक सल्लाहकार लालबाबु यादवले एक पत्रकारसँगको कुराकानीमा बरू महाभियोग सामना गर्न तैयार रहेको तर विधेयक प्रमाणिकरण नगर्ने मनसायमा रहेको सूचना चुहाएका छन् । एक त नेपाललाई फिजी बनाउने षडयन्त्र स्वरूप यो विधेयक आएको, त्यसमाथि दुबै सदनले अलिकति पनि नसच्याई जस्तोको तस्तै पुनः राष्ट्रपतिको मा पठाइदिएको हुँदा राष्ट्रपति पदको गरिमामा चोट पुगेको अनुभव सत्ता इतरका सबैले गरेकै हुन् । राष्ट्रपतिले जान्न चाहेका १५ बुँदामा बहससमेत नगरी पठाउनुले संविधानको मर्यादामाथि नै धक्का पुगेको छ । अब त उहाँको कार्यकालको अन्तिम समय पनि आइसकेको छ । यसकारण यस्ता विधेयकमा सही गरेर किन कलंकित भइरहने ? उहाँकी छोरीहरू उषाकिरण र निशा कुसुमको भविष्यको कुरा छ । जसरी सिक्किममा लेण्डुप दोर्जी र उनका परिवारजन आजसम्म आरोपित छन्, यस्तो कसका आमाबाबुले चाहलान् र ? मदन भण्डारी जो देशभक्त कहलिएका छन्, उनकी श्रीमतीले उनको इज्जत पनि त राख्नुपर्छ । राष्ट्रपति यो विधेयक थन्क्याइदिने मूडमा देखेपछि सत्तारूढ दल उनको राजीनामा मागिरहेका छन्, अदालत जाने धम्की दिइरहेका छन् । राजनीति बुझ्नेहरू भन्छन्, प्रचण्ड र प्रधानमन्त्री पत्नीको भारत भ्रमणमा नै यो विधेयक पास गराउने र भारतको सहयोगमा पालैपालो प्रधानमन्त्री बन्ने कुरा सार्वजनिक भइसकेको हो । अझ चिनियाँ राजदूत हाउ यान्छीले यो सहमतिका बारेमा प्रचण्डसँग जिज्ञासा राखेको प्रचण्डले नै फुस्काइसकेका छन् । कति खतरनाक षडयन्त्र रहेछ ।
 प्रचण्ड र आरजुका सामु भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला र सचिव विनय क्वात्रासँग यो सहमति गरेको खुलासा भइसकेको छ । यसका लागि समेत यो नागरिकता विधेयक प्रमाणिकरण नगरी भएको छैन । यसै मेसोमा परराष्ट्र सचिव भरत पौडेल दिल्ली जाने खबर छ । यो भ्रमणमा विभिन्न पक्षमा वार्ता हुनेछ, तर चुनाव र अग्निपथसम्का विषयमा पनि कुरा हुनेछ । अग्निपथ अर्को गोर्खा भर्ती हो, जसले युवाको दिमागमा भारतीयकरण गराउने प्रक्रिया हुनेछ । यिनलाई चीन भारत, पाकिस्तान भारतका सीमामा खटाउनेसम्मको भारतको योजना छ । सुरूमै १३ हजार र अर्को वर्षदेखि बढाउने योजना पनि देखिन्छ । जुन खतरनाक छ । पहिले भारतले माओवादी तालिम दिएर विद्रोही बनायो, अग्निपथ अर्को विद्रोही तैयार गर्ने साजिस हुनसक्छ । अग्निपथ ४ वर्षे कार्यकालमा के होला नहोला, यसबारे नेपालका शासकले बहस नै चलाएका छैनन् । यसकारण नेपाल रेडजोनमा छ ।
एकातिर चुनावको रङ, अर्कोतिर भारतीय सक्रियता । जनतामा संचतना भएरमात्र हुन्न, तिनीहरूमा साहस पनि चाहिन्छ तवमात्र व्यवस्था र भ्रष्टाचारीहरूलाई ठेगान लगाउन सकिने छ । अझै यिनैलाई सत्तामा हालीमुहाली गर्ने मौका दिनु भनेको नेपालको अस्तित्व संकटमा पार्नु हो । लाभ यिनै भ्रष्टलाई होला, मूल्य आमनागरिक र राष्ट्रले चुकाउनु पर्नेछ । राष्ट्रपति यिनको धमासमा लागिनन् भने यस गौरव आर्जन गर्लिन्, अन्यथा भ्रष्टाचारको र विदेशी पैसाले देश सखाप पार्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper