banner
banner

देवानी कानुनका र फौजदारी न्यायका सामान्य सिद्धान्तहरू

अधिवक्ता गंगा दहाल – -
१) – कानुनको अज्ञान्ता क्षम्य नहुने ःकानुनको अज्ञान्ता क्ष्यम्य हुने छैन।कानुन सबैले जानेको अनुमान गरीनेछ ।
– सार्वजनिक हित बिपरित हुने गरि काम गर्न नपाउने ः कसैले पनि सार्वजनिक हित बिपरित हुने गरि कुनै काम कारबाही गर्न पाउने छैन ।
– कानुन बिपरितको काम अमान्य हुने ः कानुन बिपरितको काम अमान्य हुनेछ ।
– गल्ती गर्नेले गल्ती ब्यहोर्नु पर्ने ः (१) कुनै काम गर्दा वा गराउँदा कसैको गल्तीले अरूलाई हानी नोक्सानी हुन गएमा त्यसरी हानी नोक्सानी भएको क्षतिको दायित्व त्यस्तो गल्ती गर्ने वा गराउने ब्यतिले ब्यहोर्नु पर्नेछ ।
(२) प्रत्येक ब्यक्तिले आफुले गरेको गलत कार्यको परिणाम आफैंले ब्यहोर्नु पर्नेछ ।
(३) यश सहिता वा कानुनमा अन्यथा ब्यबस्था भएकोमा बाहेक उपदफा (१) बमोजिमको दायित्व निर्वाह गर्न सम्बन्धित ब्यक्तिले क्षतिपुर्ती ब्यहोर्नु पर्नेछ ।
(४) क्षतिपुर्तीको निर्धारण कानुनमा ब्यबस्था भए बमोजिम हुनेछ ।
– अरूलाई दुःख दिने गरी काम गर्ने नहुने ः कसैले पनि अन्य ब्यक्तिलाई दुख दिने , हैरानी हुने वा निजको इज्जत ,प्रतिष्ठा वा सम्पत्तिमा क्षती पुग्ने गरी कुनै काम गर्न वा गराउन हुँदैन।
– गल्तीको फाइदा लिन नपाउने ः कसैले पनि आफुले गरेको गल्तिबाट भएको फाइदा लिन पाउने छैन।
– हित बिपरितको काम अमान्य हुने ः आफ्नो संरक्षकत्व, माथवरी , अहिन वा प्रस्तावम्मा रहेको वा प्रभाव पर्न सक्ने ब्यक्तिको हित बिपरित गरिएको काम अमान्य हुनेछ ।
– ब्याक्तित्वलाई स्विकार गर्नु पर्ने ः ब्यक्तिले अन्य ब्यक्तिको ब्याक्तित्वलाई  स्विकार गर्नु पर्नेछ ।
– असल छिमेकीपन कायम गर्नु पर्ने ः प्रत्येक ब्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय वा छिमेकीलाई हानी नोक्सानी नहुने गरी असल छिमेकी पन कायम गर्नु पर्नेछ ।
– देवानी दायित्वबाट छुटकारा नपाउने ः कुनै ब्यक्ति उपर फौजदारी कसुरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो ब्यक्तिले कानुन बमोजिमको देवानी दाहित्वबाट छुटकारा पाउने छैन ।
– कानुन बिपरितका प्रथा र परम्परालाई मान्यता नदिईने ः कानुन बिपरितका प्रथा र परम्परालाई न्यायको रोहमा मान्यता दिइने छैन 
– बिदेशीको हकमा पनि लागू हुने ः बिषय प्रसङ्ग वा प्रकृतिले कुनै कानुनी ब्यवस्था नेपाली नागरिकलाई मात्र  लागु हुने अवस्थामा बाहेक यो सहिता वा देवानी कानुन सम्बन्धि अन्य प्रावधान बिदेशीको हकमा पनि समान रूपमा लागु हुनेछ ।
फौजदारी न्यायका केही सामान्य सिद्धान्तहरू–
– विशेष ऐनको ब्यबस्था लागुहुनेः कुनै खास कामलाई कुनै विशेष ऐनद्वारा  छुट्टै कसुर मानी सजाय गर्ने ब्यबस्था भएको रहेछ भने त्यस्तो कसुरका सम्बन्धमा सोही ऐन लागू हुनेछ ।
– कानुन बमोजिमको काम कसुर नहुने ःकानुन बमोजिम गर्नुपर्ने वा कानुनले क्षम्य मानेको कामलाई कसुर मानिने छैन।
कानुन बमोजिम बाहेक सजाय नहुने ः कानुनले सजाय नहुने कुनै काम गरे बापत कुनै ब्यक्ति सजायको भागी हुने छैन र कुन्नि पनि ब्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानुनमा तोकिए भन्दा बढी सजाय हुने छैन ।
– तथ्यको भ्रममा परी गरेको काम कसुर नहुने ः तथ्यको भ्रममा परी  कानुन बमोजिम गर्नु पर्ने वा क्षम्य मानिएको विश्वास गरि असल नियतले गरेको कुनै काम कसुर मानिने छैन । तर कानुनको अनभिज्ञतामा गरेको काम क्षम्य हुने छैन।
– एउटै कसुरमा दोहोरो सजाय नहुने ः कुनै ब्यक्ति विरूद्ध अदालतमा एकै कसुरमा एक पटक भन्दा बढी मुद्दा चलाइने र सजाय गरिने छैन ।
– स्वच्छ सुनुवाइबाट बन्चित नहुने ः कुनै ब्यक्ति सक्षम अदालत वा न्यायीक निकायबाट हुने कारबाहीमा स्वच्छ सुनुवाइबाट बन्चित हुने छैन ।
– आफ्नो विरूद्ध साक्षी हुन कर नलाग्नेः कुनै कसुरको अभियोग लागेको ब्यक्तिलाई आफ्नो विरूद्ध साक्षि हुन कर लाग्ने छैन ।
– कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने ः कुनै कसुरको अभियोग लागेको ब्यक्तिलाई त्यस्तो कसुर गरेको प्रमाणित नभए सम्म कसुर मानिने छैन ।
– बालबालिकाकाले गरेको काम कसुर नहुने ः १० बर्ष उमेर नपुगेको बालबालिकाले गरेको कुनै काम कसुर मानिने छैन ।
– होस ठेगानमा नरहेको ब्यक्तिले गरेको काम कसुर नमानिनेः कुनै काम गर्दाका बखत मानसिक अवस्थाको कारणले त्यस्तो कामको प्रकृति ,गुण ,दोष वा परिणाम बुझ्न नसक्ने गरी होस ठेगानमा नरहेको ब्यक्तिले गरेको काम कसुर मानिने छैन ।
– मन्जुरी लिई गरेको काम कसुर नहुने ः ज्यान लिने वा अङ्गभङ्ग गर्ने नियतले वा ज्यान जानवा अङ्गभङ्ग हुन सक्छ भन्ने थाहा भैई गरेकोमा बाहेक कसैले अठार बर्ष माथिको कुनै ब्यक्तिको मन्जुरी लिई गरेको कुनै कामबाट त्यस्तो मन्जुरी दिने ब्यक्तिलाई कुनै क्षति पुग्न गएमा सो काम कसुर मानिने छैन।
– भलाइका लागी मन्जुरी लिई गरेको काम कसुर नहुने ः कसैले कुनै ब्यक्तिको भलाइका लागी निजको मन्जुरी लिई असल नियतले  होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो मन्जुरी दिने ब्यक्तिलाई क्षती पुग्न गएमा त्यस्तो काम कसुर मानिने छैन ।
– भलाईका लागी संरक्षकको मन्जुरी लिई गरेको काम कसुर नहुने ः अठार  बर्ष ननाघेको वा मानसिक आस्वस्थताको कारणले होस ठेगानामा नरहेको ब्यक्तिको भलाइका लागी निजको संरक्षकले वा त्यस्तो संरक्षकको मन्जुरी लिएर अरू कसैले असल नियतले होसियारी साथ गरेको कुनै कामबाट त्यस्तो ब्यक्तिलाई कुनै क्षति पुग्न गएमा त्यस्तो काम कसुर मानिने छैन ।
तर ज्यान जान वा अङ्ग भङ्ग हुनबाट रोक्ने उदेश्यले गरेकोमा बाहेक  ज्यान जान सक्छ वा अङ्गभङ्ग हुन सक्छ भन्ने जानी जानी त्यस्तो कुनै काम गर्ने ब्यक्तिले आपराधिक दायित्वबाट छुट पाउने छैन ।
– भलाइका लागी मन्जुरी नलिइ गरेको काम कसुर नहुने ः कुनै ब्यक्तिको भलाइका लागी तत्काल कुनै काम नगरी नहुने भएको,त्यस्तो ब्यक्ति कुनै कारणले त्यस्तो काम गर्न दिनको लागी तत्काल आफै मन्जुरी दिन नसक्ने अवस्थामा रहेको र निजको तर्फबाट मन्जुरी दिन सक्ने संरक्षक पनि तत्काल उपलब्ध नभएको अवस्थामा निजको भलाइका लागी मन्जुरी नलिएर पनि असल नियतले होसियारी साथ त्यस्तो काम गर्दा निजलाई कुनै क्षती वा हानी नोक्सानी पुग्न गएमा त्यस्तो काम कसुर मानिने छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper