banner
banner

सहयात्राको सोच र खोज गर्न किन कञ्जुसी ?

स्वयम्भुनाथ कार्की- - 
राजाबाट नै संविधान विपरित पुनस्र्थापना भएको प्रतिनिधिसभाले पहिले भष्मासुरको शैलीमा राजालाई नै निलम्वन ग¥यो । अनि जुन संविधान पालन अनि रक्षाको. सफत खाएको थियो त्यो संविधानलाई नै मा¥यो । अनि भिडको वलले अर्को संविधान अनि अर्को संसद बनायो । यो भिडमा विगतमा आपैmले टाउको झोलामा ल्याएर त्यही झोला भरि नोट लैजान आव्हान गरिएकाहरू थिए । उनिहरूलाई पुरष्कृत गरियो बन्दुकले पनि जनप्रतिनिधि हुन सकिन्छ भन्ने नजिर बनाउदै संसदमा तेश्रो शक्तिको रूपमा प्रवेश गराईयो । त्यस वेलादेखि नेपालमा उच्चस्तरिय संयन्त्रको नाममा केही नेताहरूको सनकलाई संवैधानिक बनाईयो । प्रदिप गीरी जस्ता आश गरिएका विचारक, चिन्तकहरू जनताले दुई प्रकारले मत दिन्छ भन्न थाले । उनीहरूको भनाईमा मतपत्रमा हातले छाप लगाउने पहिलो प्रकार अनि सडकमा जुत्ताले छाप लगाउने दोश्रो प्रकार । 
त्यो वेलादेखि राजनीतिमा वलमिच्याई पनि एक वैधानिक मार्ग रहेछ भन्ने भ्रम नेपालमा पस्यो । त्यसको असरले अहिले मुलुकले भोगेको छ । अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएको निकाय अपराधी पक्रन डराउछ । किनभने उ हिरासतमा नै भएको वेला आङ्खनै विभागिय मन्त्री बन्ला र आफुसँग वदला लेला भन्ने डर हुन्छ । कर्मचारीलाई शौचालयमा थुन्ने मन्त्री अनि प्रमुख जिल्ला अधिकारीलाई कार्यकक्ष मै थप्पड हान्ने नेता कथा किस्साका हैनन् गणतन्त्र नेपालका हुन् । अर्थात राजनीति जोडिएपछि हरेक अपराध क्रान्ति हुन्छ भन्ने मान्यतामा समाजमा अपराधीकरण, थिचोमिचो हुनु अनौठो हैन । सहमतीय भागवण्डा सरकारका हरेक ठाउमा , हरेक अंगमा भएको छ । हरेक पेशागत संगठनमा प्रतिस्पर्धा नै दलगत आधारमा हुन्छ । यस्तामा आफ्ना उम्मेद्वार दलहरूले नै दिन्छन । स्वतन्त्र भएर उम्मेदवारी दिनेलाई वागी भनिने गर्छ । 
यो कुरा वकिलहरूको निर्वाचनमा पनि देखिन्छ । दलहरूको आस्था वोकेका यस्ता वकिलहरू दलिय भागवण्डाको आधारमा न्यायाधीश बन्न पुग्छन् । संवैधानिक इजलासमा न्यायधिश छान्ने कुराको चुरोमा यही खुल्ला गोप्यले काम गरेको थियो । भन्न खोजेको कुरा के हो भने यसरी राजनीति हरेक क्षेत्रमा हावी भएपछि स्वतन्त्र नागरिक भएर बाँच्न सक्ने अवस्था रहेन । अनि आफु टाँसिएको दल बलियो होस भन्ने चाहाना रहनु पनि स्वभाविक नै हो । जति त्यो दल बलियो हुन्छ त्यति नै आफ्नो भविष्य सुरक्षित हुन्छ । त्यसैले कार्यकर्ताहरू दलको एकिकरण चाहान्छन । त्यस्तै एकिकरणको उत्पाद थियो नेकपा (नेकपा) जसले नाम जुधेकोकोले नाम संशोधन सहित दर्ता सच्याउने पैmसला पनि कार्यन्वयन गर्न सकेन । बरू अदालतलाई दोष दिंदै पुर्ववत अलग अलग दल हुन रूचायो । यसै किसिमको एकिकरण हो जसपा पनि ।
राजावादी नजिक मानिएको राप्रपाहरू पनि यसै गरेर बलियो हुन एकिकरण भए । अहिलेको संविधानको स्थायित्वको जति नै चिन्ता गरे पनि अन्य दलहरूले विपरित सिद्धान्तको नै मान्छन् । अर्थात राप्रपाहरूले गणतन्त्रवादी हौ भनेर जति नै किरिया खाए पनि मनदेखि नै लागे पनि गणतन्त्रवादीहरूले पत्याउदैनन् । उता साखुल्ले हुन जाँदा राजावादीहरूले पनि विश्वास गर्दैनन् । त्यसैले राप्रपाहरूको एकिकरण पछि बल बढ्नुको साटो घटेको छ । कुनै वेलाको तेश्रो ठूलो भएको दलले क्षेत्रिय दलको रूपमा खुम्चनु परेको छ । उसै पनि गणतन्त्र यता एकिकरणले दल बाहिर देख्दा बलियो लागे पनि भित्र झन कमजोर बनाएको छ । परिवर्तनकारी भनेर मुलधारमा भएका दलहरूको त यस्तो हालत छ भने विपरित धारमा भएका मानिएका राजावादीहरूको एकिकरण बलियो हुने कुरै भएन ।
उसै पनि गणतन्त्रवादी धार बोक्ने सय भन्दा धेरै दल हुँदा राजावादीहरू एक दल मात्र हुनुपर्छ भन्ने छैन । एकिकरणले उनीहरू सफल भएका हैनन् मोर्चा र सहयात्राले सफल भएका हुन । उसै पनि दल, गुट आदि सोचमा बाँडिएको यो समाजमा गन्ती हुने दलको, गुटको नै हो । त्यसले राजावादीहरू भनिने दल, समुह आदिको एकिकरणको रोड्याई उचित हैन । एकिकरण भएका हरेका ठाउँमा वैमनश्यको विउ हुने भनेको नै पद हो । राप्रपाले दुई अनि बहुअध्यक्षको बाटो देखाएको छ । यसै बाटोमा हिड्ने कोही सफल देखिएनन् । सबैभन्दा ठूलो खरावी त अध्यक्षहरू बीचको जुँगाको लडाई देखियो । त्यसैले राजावादीहरूले रोज्ने एकिकरण, एकता हैन विविधता भित्र पनि मोर्चा या सहयात्राको बाटो हो । यसैमा सबैको मर्यादा पनि रहन्छ र सबैले आफ्नो मान रहेको पनि महशुस गर्न सक्छन् । एकिकरण वा एकतामा आएनन् भनेर एक अर्कालाई गाली गर्नुको साटो मिलन विन्दु खोजेर मोर्चा वा सहयात्रा गर्नसके यही नै सर्वोत्तम मार्ग हो ।
तर दुर्भाग्य यो मार्गको सोच राख्न र खोज गर्न कोही अग्रसर छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper