banner
banner

को हुन् सामाजिक अभियन्ता ?

इन्दु भुसाल–
‘सामाजिक अभियन्ता’ वा ‘समाजसेवी’ यी शव्दावलीहरू आजकल निकै नै दुरूपयोग भएको पाइन्छ । खास गरि समाजिक सन्जालको बढ्दो पहुचले गर्दा पनि फेसबुकमा पोस्टिने गरेका तश्विरहरूले मान्छेलाई सामाजिक अभियन्ता भएको आत्मरतिमा रमाउने प्रशस्त मौका दिएको छ । हो, हामी सबैले कुनै न कुनै रूपले समाजमा आफुले सकेको योगदान दिनै पर्दछ र हामी मध्य धेरैले केही न केही राम्रो कार्यको लागि अग्रसर भएका पनि हुन सक्छौ, यस्को मतलब हामिले आफुलाई सामाजिक अभियन्ता वा समाजसेवी भैसकेको महशुस गर्नु वा समाजिक अभियन्ताको आलंकारिक पदविमा नाक फुलाउन खोज्नु ती सबै वास्तविक समाजसेवी र सामाजिक अभियन्ताहरूको योगदानप्रती अन्याय हुने छ । समाजमा केही मानिसहरू छन जो स्थानिय नेताहरूको चाकडिमा उदयचल देखि अस्तायचल सम्म पुच्छर बनेर लागेका देखिन्छन् । अवान्छित रूपले कतिपय अनाधिकृत उपस्थिती देखाएर कार्यक्रमको मूल धेय नबुझी २,४, सेल्फी सस्तो मोबाइलमा कैद गरिहाल्छ्न, त्यसै गरि जनताको रगतपसिनाबाट जम्मा गरेको करबाट निर्माणाधिन मठ मन्दिर, पाटी पौवा, कुलो, बाटो आदिको निरीक्षणको नाममा जनप्रतिनिधि, ठेकेदार वा उपभोक्ता समितिका मान्छेहरूसङ्ग उपस्थित भै दुई चार सेल्फी मोबाइलमा कैद गरिहाल्छ्न ।
खास गरि यस्ता व्यक्तिहरू पर्दापछाडी ठुलै स्वार्थमा लागेका हुन्छ्न । कसैको भावि राजनितिमा जनताको अगाडि प्रचारित हुने इच्छा रहेको हुन्छ भने केही व्यक्तिहरू स्थानिय स्तरमा बिनियोजित बिकास बजेटबाट आफै उपभोक्ता समितिको जिम्मेवारी लिएर केही फाइदा हासिल गर्ने तर्फ उद्दत रहेका हुन्छ्न । वर्तमान परिस्थितिमा बिकास निर्माणमा उपभोक्ता समिती नाम मात्रको हुने गरेको पाइन्छ । खास गरि उपभोक्ता समितिको उपादयता अनुसार योजना कार्यन्वयन भएको हुदैन र जनश्रमदान भन्ने कुरा पनि सजिलै मिल्दैन । अतः हरेक वडाको योजना अनुरूपका निर्माण कार्यको लागि जनप्रतिनिधीसमेतको मिलोमतोमा केही कार्यकर्ताहरूले कुनै न कुनै ठेकेदारहरू समातेर राखिएको हुन्छ जस्ले निस्चित समयमा कार्यसम्पन्न गरिदिन्छ । काम दिदा नै उसङ्ग केही शर्तहरू लागू गरिएका हुन्छ्न जस्तै १० प्रतिसत सम्मको कमिशन, स्थानियहरूको बिरोध नहुने किसिमले कार्य गर्नु पर्ने, कमिशनको गोप्यता कायम राख्नु पर्ने आदि । 
फलस्वरूप गुणस्तरको कुनै ग्यारेन्टी हुदैन । प्राबिधिक मुल्यान्कन जसो तसो मिलेकै देखिन्छ । हो यस्तै यस्तै निहित स्वार्थ बोकेका मानिसहरू स्थानिय क्षेत्रमा समाजिक सेवामा लागेको भ्रम छरिरहेका हुन्छन र फेसबूकमा निर्लज्ज फोटोहरू बरम्बार पोस्ट्याएर सर्व साधारणको वाह वाह ग्रहण गर्ने अभिलाषा पूरा गरिरहेका हुन्छ्न । त्यसैगरी केही मानिसहरू छन जो स्थानिय क्षेत्रमा विगतका दिनहरूमा जन प्रतिनिधिहरूकै छत्र छायामा अवैध व्यवसायमा सम्लग्न भएर समाजमा एउटा छुट्टै निकृस्ट नाममा चर्चितहरू, जो हिजो पनि स्थानिय नेताहरूकै सम्रक्षणमा थिए र आजपनि । यी व्यक्तिहरू कुनै दल विसेसका कहिले हुदैनन, यिनिहरू निर्वाचनको समयमा सबै नेताहरू सङ्ग समभाव राख्छ्न, आफ्नो हैसियत अनुसारको चुनाबी खर्च पनि नेताहरूलाइ प्रदान गर्छ्न । तर निर्वाचनमा जुन सुकै दलको प्रतिनिधिहरूले जितेपमी यिनिहरी ती प्रतिनिधिहरूका प्रीय पात्र हुने गर्छ्न जस्लाइ हामी प्राय नेताहरूकै साथमा देख्ने गर्छौ । कहिले काहीँ यी व्यक्तिहरू समाज सेवाको नाममा एक डेढ लाख देखिने गरि नै समाज सेवाको नाममा प्रदान गर्छ्न र कुनै समारोहमा तिनै नेताहरूबाट ढाकाको खादामा सम्मानित हुन्छ्न । अनि समाजिक सन्जालमा तस्विर को साथमा त्यही शब्द लेखेर पोस्टिन्छ कि ‘सामाजिक अभियन्ता‘‘‘‘..’ ।
यी तस्विरहरूले नबुझ्नेहरूको लागि त वाह क्या वात! भन्ने कमेन्ट बर्सिन्छ भने समाज बुझ्ने हामी जतिको जागरूक व्यक्तिहरूमा एक चटक वा ढोङ्गको हासो प्रस्फुटित भैरहेको हुन्छ । कोहि यस्ता प्रवृत्ती पनि स्थानिय स्तरमा देखिन्छ्न कि जो सुरक्षा निकाय सङ्ग बढी नजिक भएको देखिन चाहन्छ्न, ती प्राय कुनै न कुनै राजनितिक दल आवद्व र राज्नितिक कार्यकर्ताको निस्च्चित पदिय जिम्मेवारिमा रहेका हुन्छ्न । कुनै न कुनै तरिकाले ती व्यक्तिहरू जनताले नरूचाएको, कानुनको केही हागाबाट बैध र केही कानूनी धारबाट अबैध देखिने व्यवसायमा लागेका हुन्छ्न जस्को कमाइ र कमाएको ईतिहास समेत समाजमा जग जाहेर हुन्छ, हो ती व्यक्तिहरू प्रतक्ष वा अप्रत्यक्ष रूपमा सुरक्षा निकाएका जिम्मेवार रास्ट्रसेवकहरूको कार्यसम्पादनमा प्राय कठिन व्यक्तिको रूपमा उभिएका हुन्छ्न । ती व्यक्तिहरूको महत्वाकांक्षी राजनितिक स्वार्थ रहेकै हुन्छ र समय समयमा आफ्ना केही आम्दानिलाइ समाजसेवा भन्दै देखाउने प्रचारात्मक अवसर सदुपयोग गरिहाल्छ्न । यिनै व्यक्तिहरू जो सधैजसो मदिरा लगाएयतका नशामा हरेक साझ आफ्नो यथार्त चरित्रको प्रतिबिम्ब भट्तिहरूमा प्रस्फुटन गरिरहेका हुन्छ्न । यिनै समाज सेविहरू जस्लाइ बाल्यकालमा पढ्न लेख्न अभिभावकहरूले धेरै पहल गरे तर पढाइमा यिन्को ध्यान कहिले लागेन । सधारण लेखपढ मात्र भएका यी व्यक्तिहरू समाजमा पढेलेखेका व्यक्तिहरू भन्दा धेरै चतुर छ्न । अझ चतुर भन्दा पनि धुर्त्याइमा अब्बल छन । रातारात कमाउने पेशामा यिनिहरूको दिमागले विध्यावारिधी गरेको भान मलाइ पनि हुने गर्छ । अन्त्यमा मेरो नजरमा यी सबै प्रकारका व्यक्तिहरूलाइ सामाजिक अभियन्ता वा समाज सेवि भनेर बुझ्नेहरू अबोध हुन, यी ढोङ्गी हुन र समाजको लागि दुरगामी रूपले धमिरा हुन् । निष्कर्ष के हो भने ‘सामाजिक अभियन्ता र समाजसेवी’ भन्ने परिभाषाको व्यापक दुरूपयोग भएको छ । मैले धेरै समाजसेवीहरू देखेको छु जो समाजले सधै रूचाए, जस्लाइ सधै समाजले हरेक कार्यमा सम्मान दियो, ती समाजसेवीहरूले आफ्नो चोखो कमाइ र समय समाजको लागि खन्याय । जस्ले चौतारा बनायो पाटी पौवा मठमन्दिर बनायो, जस्ले आफ्नो करोडौको जग्गा स्कूलको लागि दियो  तर समाजमा चर्चा गरेन र कतिले दिन दुखीलाई सेवा गरे र गर्दैछन । कति सस्थाहरू जन्मिएका छन समाज सेवा कै निम्ति ?
पैसा,राहत बाड्नु मात्र समाजसेवा होइन समाजमा भैपरी आउने हरेक समस्यालाई चित्रण गरि सहि तरिकाले खण्डन गरि पीडितको घाउमा मलम पट्टि लगाउनु पनि समाज सेवा हो । अतःसहि र सत्मार्गमा हिडौ असली समाजसेवीलाई हौसला प्रदान गरौ ताकि सामाजिक अभियन्तालाई थप प्रेरणा मिलोस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper