banner
banner

नेताहरू किन जनतासग छैनन् ?

रोशन कार्की- - 
नेताहरू किन जनतासँग छैनन् ? यो गम्भीर प्रश्न हो यो व्यवस्थाका लागि । समृद्ध नेपाल, सुखी नेपाल बनाउने र नयाँ नेपाल बनाउँछु भनेर आएका नेताहरू हिजो यिनै थिए, आज पनि यिनै छन् । तर स्वार्थमा टाँसिएका नेताहरू जनतालाई किनारा लगाएर अघि बढेका छन् । जनतामा यो पद्धति असफल भइसक्यो ।
जनताको हालत के छ ? जनता शान्त छन् ? जनता सुखी र खुशी छन् ? जनता के खोजिरहेका छन् ? जनताका लागि तत्काल र दीर्घकालका लागि चाहिने के हो ? जनताले ल्याएको भनिएको यो परिवर्तनले जनतालाई के दियो ? लोकतन्त्रमा लोक खुशी नै पद्धतिको सफलता हो, संविधानको कार्यान्वयन हो । लोकले खुशी पाएका छन् कि छैनन् ? लोक पाउनुपर्ने सेवा र अवसरबाट बन्चित त छैनन् ? लोकलाई स्वरोजगार, राज्यरोजगार र अन्य स्रोतहरूको विकास भयो कि भएन ?
अर्थात् जनताका साथमा छन् त नेतृत्व तह ? राज्य संयन्त्रहरू ?
यस प्रश्नमा नकारात्मक जवाफ आउँछ । प्रत्येक नागरिक राज्यसँग, संविधानसँग, नेतृत्वतहसँग, नागरिक समाजसँग सन्तुष्ट छैन । भित्रभित्रै असन्तोष बढेर गएको छ, अविश्वासको बाढी नै आइसकेको छ । जब जनतामा पद्धतिप्रति, नेतृत्वप्रति, संविधानप्रति न्याय पाइन्छ भन्ने विश्वास रहदैन, त्यो देश असफल हुनु हो । यतिबेलाको नेपाल असफलताको भीरमा पुगिसकेको छ भन्दा फरक पर्दैन ।
यो तस्वीर असफल राष्ट्रको तस्वीर हो । नाना, खाना, छानाको सुरक्षा, स्वास्थ्यमा राज्य उदासीन हुनु नै फेलिएर स्टेटको विशेषता हो । त्यो विशेषता नेपालमा पर्याप्त देखिन्छ । जता हेरे पनि भ्रष्टाचारमात्र देखिनु, अनियमितता र नैतिकहीनतामात्र देखिनु, कसैमा पनि जवाफदेहिता नहुनुले जनतामा आक्रोश बढेर गएको हो । जनता खुश छन् भनेर पार्टीका नेता र कार्यकर्ताको खाइखाँदै अनुहार हेरेर हुँदैन । देशमा हिमाल छन्, पहाड, मधेश छन्, यी तिनै क्षेत्रका जनता यतिबेला निराश भएका छन् । यसकारण यो पद्धति असफल भएको हो, जनताका लागि सरकार भनेको लुटाहका रूपमा देखिएको हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper